२०८३ असोज २३ गते शुक्रबार

गण्डकीको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल

गण्डकीको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ ७ गते शनिबार ०५:०३

पोखरा गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता श्रीकान्त बराल नियुक्त भएका छन् । पोखरा महानगपालिका-२६ का बराल मुख्य न्यायाधिवक्ता नियुक्त भएका हुन् । उनले शनिबार सपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान...

पोखरा

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता श्रीकान्त बराल नियुक्त भएका छन् । पोखरा महानगपालिका-२६ का बराल मुख्य न्यायाधिवक्ता नियुक्त भएका हुन् ।

उनले शनिबार सपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले शनिबार सपथ खुवाएका हुन् ।

उनले काठमाडौंमा वकालत गर्दै आएका थिए । यस अगाडि गण्डकीको मुख्य न्यायधिवक्ता रोहितराज बास्तोला थिए ।

प्रकाशित मिति २०७९ माघ ७ गते शनिबार ०५:०३
हजुरको प्रतिक्रिया