२०८३ असोज २३ गते शुक्रबार

आइपीएलमा दिल्लीकाे दबदबा कायमै, चन्नाई सुपरकिंग्स ५ विकेटले पराजित

आइपीएलमा दिल्लीकाे दबदबा कायमै, चन्नाई सुपरकिंग्स ५ विकेटले पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २ गते आइतबार ०४:३८

पाेखरा । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनिबार राति सम्पन्न  खेलमा दिल्ली क्यापिटल्सले आफ्नो विजय यात्रा कायम राख्दै चन्नाई सुपरकिंग्सलाई ५ विकेटले पराजित गरेकाे छ । जितसंगै दिल्ली क्यापिटल्स फेरि एकपटक अंकतालिकाकाे...

दिल्ली अंकतालिकाकाे शिर्षस्थान

पाेखरा । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनिबार राति सम्पन्न  खेलमा दिल्ली क्यापिटल्सले आफ्नो विजय यात्रा कायम राख्दै चन्नाई सुपरकिंग्सलाई ५ विकेटले पराजित गरेकाे छ । जितसंगै दिल्ली क्यापिटल्स फेरि एकपटक अंकतालिकाकाे शिर्ष स्थानमा पुगेकाे छ ।

टस जितेर पहिले ब्याटिङ राेजेकाे चन्नाई सुपरकिंग्सले निर्धारित २० ओभरमा १७९ रन बनायाे । चन्नाईका लागि ओपनर फाफ डु प्लेसिसले ४७ बल खेल्दै ५८ रन बनाए । सेन वाटसनले ३६ रन जाेडदा अम्बाती रायडुले ४५ रन जाेडे । कप्तान महेन्द्रसिंह धाेनी मात्र ३ रनमा पवेलियन फर्केकाे खेलमा रविन्द्र जडेजाले मात्र १३ बल खेल्दै ३३ रन बटुलेपछि दिल्लीका लागि चुनाैतीपुर्ण याेगफल तयार पार्न चन्नाई सफल रहयाे ।

दिल्लीका लागि एनरिच नाेर्खियाले २ विकेट लिए भने कागिसाे रबाडा र तुसार देसपाण्डेकाे खातामा एक एक विकेट थपियाे ।

१८० रनकाे जवाफी व्याटिङमा मैदान उत्रेकाे दिल्लीकाे शुरूवात भने खराब रह्याे ।  ओपनर पृथ्वी शालाइ मात्र २ बल खेल्दा शुन्यमा गुमाएकाे दिल्लीका लागि अर्का ओपनर शिखर धवनले जारी आईपीएलमा आफ्नो पहिलाे अविजित शतकीय पारी खेले । सवै बलरका लागि टाउकाे दुखाइ बनेका धवनले मात्र ५८ बल खेलेर मैदानमा चाैकाकाे बर्षा गरिरहे । १४ चाैका र १ छक्का प्रहार गरेका धवन खेलकाे प्लेयर अफ द म्याच बने ।

दिल्लीका विकेटकिपर एलेक्स क्यारी तथा अजिंके रहाणे यसपटक पनि चल्न सकेनन । रहाणे व्यक्तीगत ८ र क्यारी ४ रन जाेड्दै पवेलियन फर्के । दिल्लीका लागि कप्तान श्रेयस एैयरले २३, स्टाेइनिसले २४ तथा अक्षर पटेलले २१ रन जाेडे । विस्फाेटक ब्याटिङ गरेक पटेलले मात्र ५ बल खेलेर २१ रन जाेडेका हुन भने उनकाे पारीमा ३ छक्का समावेश रह्याे । जितका लागि १ रन चाहिँदा पटेलले छक्का प्रहार गर्दै  दिल्लीकाे जित तय गरे र दिल्लीले ५ विकेटकाे क्षतीमा १८५ रन जाेडेर चन्नाईकाे प्लेअप यात्रा कठिन बनाए ।

बलिङतर्फ दिपक चहरले २ तथा साम कुरान, सार्दुल ठाकुर, ब्राभाेले समान १ /१ विकेट हात पारे ।

जितसंगै दिल्ली फेरि एकपटक अंकतालिकाकाे शिर्षस्थानमा उक्लिएकाे छ । ९ खेल खेलेकाे उसले मात्र २ खेलमा पराजय व्यहाेरेकाे छ भने ७ मा जित हासिल गर्दै कुल १४ अंकका साथ शिर्षस्थान सुरक्षित गरेकाे हाे । ८ खेल खेलेकाे मुम्बई ६ जितका साथ अंक तालिकाकाे दाेस्राे स्थानमा झरेकाे छ । ९ खेल खेलेकाे राेयल च्यालेन्जर्स बैंग्लाेर अंकतालिकाकाे तेस्राे स्थानमा छ भने ८ खेल खेलेकाे काेलकता चाैथाे स्थानमा रहेकाे छ ।

प्रकाशित मिति २०७७ कात्तिक २ गते आइतबार ०४:३८
हजुरको प्रतिक्रिया