२०८३ साउन २१ गते बिहीबार

सत्ता साझेदार दलको बैठक सुरु, गण्डकीमा मन्त्रिपरिषद् आज नै विस्तार हुने सम्भावना

सत्ता साझेदार दलको बैठक सुरु, गण्डकीमा मन्त्रिपरिषद् आज नै विस्तार हुने सम्भावना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ ९ गते सोमबार ०९:००

मन्त्रालय संख्या र दलगत भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।

पोखरा

गण्डकीका सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्रीको निवासमा दलहरुको बैठक अहिले बसिरहेको छ । आइतबार साँझको बैठकमा ७ मन्त्रालय राख्ने सहमतिलाई आजको बैठकले अपौचारिक निर्णय गर्नेछ । मन्त्रालयको टुंगोसँगै आज नै मन्त्रि परिषद् विस्तार गर्ने तयारीमा मुख्यमन्त्री खगराज अधिकारी रहेको स्रोतको दाबी छ ।

‘सत्ता साझेदार दलहरुको बैठक मुख्यमन्त्री निवासमा चलिरहेको छ,’ मुख्यमन्त्रीको सचिवालयले भन्यो,‘ हिजो दलहरुबीचमा भएको सहमति अनुसार आज मन्त्रि परिषद्को बैठक बसेर मन्त्रालय टुंगो लगाएपछि मन्त्रिपरिषद्को विस्तार पनि आजै हुने सम्भावना छ । ’ मन्त्री परिषद्ले मन्त्रालयको संख्याको बारेमा निर्णय गरे लगत्तै सोमबार बेलुकासम्म मन्त्रिमन्डल विस्तार गर्ने योजना मुख्यमन्त्री रहेको स्रोत बताउँछ । एमालेबाट मुख्यमन्त्रीसहित ४, माओवादीबाट २ र राप्रपाबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद् बनाउने अधिकारीको चाहना हो ।

गत पुष २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले सोही दिन माओवादीका हरिबहादुर चुमान, एमालेका सीता सुन्दास र राप्रपाका पञ्चराम तमुलाई विना विभागीय मन्त्री बनााएका थिए । मन्त्रालय संख्या र दलगत भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।

 

प्रकाशित मिति २०७९ माघ ९ गते सोमबार ०९:००
हजुरको प्रतिक्रिया