२०८३ साउन २१ गते बिहीबार

गण्डकीमा मन्त्रालय संख्या घटाएर ७ बनाउने मन्त्रिपरिषद्को निर्णय

गण्डकीमा  मन्त्रालय संख्या घटाएर ७ बनाउने मन्त्रिपरिषद्को निर्णय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ ९ गते सोमबार १०:४९

यसअघि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार सुरुमा ७ सदस्यीय बनेको थियो भने पछि बढाएर ११ मन्त्रालय बनाइएको थियो । कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकार १२ सदस्यीय थियो ।

मन्त्रिपरिषद् विस्तारको तयारी

पोखरा । सत्ता साझेदार दलहरुमा भएको सहमतिअनुसार गण्डकी प्रदेशमा ७ वटा मन्त्रालय मात्र राखिने भएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ लाई संसोधन गरी मन्त्रालय ७ वटा राख्ने निर्णय गरेकाे सरकार प्रवक्ता सीता सुन्दासले जानकारी दिइन् । आइतबार साँझको बैठकमा ७ मन्त्रालय राख्ने सहमति दलहरुबीच जुटेपछि आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो ।

एमालेबाट मुख्यमन्त्रीसहित ४, माओवादीबाट २ र राप्रपाबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद् बनाउने मुख्यमन्त्री खगराज अधिकारीको चाहना हो ।

यसअघि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार सुरुमा ७ सदस्यीय बनेको थियो भने पछि बढाएर ११ मन्त्रालय बनाइएको थियो । कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकार १२ सदस्यीय थियो ।

गत पुष २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले सोही दिन माओवादीका हरिबहादुर चुमान, एमालेका सीता सुन्दास र राप्रपाका पञ्चराम तमुलाई विना विभागीय मन्त्री बनााएका थिए । मन्त्रालय संख्या र दलगत भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।

प्रकाशित मिति २०७९ माघ ९ गते सोमबार १०:४९

हजुरको प्रतिक्रिया