२०८३ साउन २१ गते बिहीबार

राप्रपा अध्यक्ष कमल थापा आइसियूमा

राप्रपा अध्यक्ष कमल थापा आइसियूमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक २ गते आइतबार ०४:४९

काठमाडाैं । कोरोना संक्रमित भएका राप्रपा अध्यक्ष कमल थापा अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि अध्यक्ष थापालाई ओम अस्पताल भर्ना गरिएको हो । थापालाई शुक्रबार दिउँसो २ बजे ओम अस्पताल भर्ना गरिएको उनीनिकट स्रोतले...

काठमाडाैं । कोरोना संक्रमित भएका राप्रपा अध्यक्ष कमल थापा अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि अध्यक्ष थापालाई ओम अस्पताल भर्ना गरिएको हो । थापालाई शुक्रबार दिउँसो २ बजे ओम अस्पताल भर्ना गरिएको उनीनिकट स्रोतले बतायो । थापा अहिले ओमको आइसियू कक्षमा उपचाररत छन् ।

कोरोना संक्रमण देखिएपछि थापालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि थापालाई ओम अस्पताल लगिएको थियो।

थापाले बिहीबार ह्याम्स अस्पतालमा स्वाब परीक्षण गरेका थिए । शुक्रबार संक्रमण पुष्टि भएपछि उनी घरमै बसिरहेका थिए ।

तर, अचानक श्वासप्रश्वासमा समस्या आएपछि थापालाई ओम अस्पताल भर्ना गरिएको केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताए ।

उनको स्वास्थ्य अवस्था क्रमश: सुधारोन्मुख रहेको बर्तौलाले बताए ।

प्रकाशित मिति २०७७ कात्तिक २ गते आइतबार ०४:४९
हजुरको प्रतिक्रिया