२०८३ साउन २१ गते बिहीबार

फोर्स मोटर्सको अत्याधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा

फोर्स मोटर्सको अत्याधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १० गते मंगलबार ०७:५७

सर्भिस सेन्टर करिब ७ रोपनी जग्गामा फैलिएको छ ।

पोखरा

फोर्स मोटर्सको आधिकारीक बिक्रेता आयाम इन्टरकन्टिनेन्टलले सोमबारबाट पोखराको चाउथेमा अत्याधुनिक सर्भिस सेन्टर संचालन गरेको छ । सो सर्भिस सेन्टरको एक समारोहबीच नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल तथा हिमालयन अर्गनाइजेसनका अध्यक्ष धु्रबबहादुर थापा, फोर्स मोटर्सका अन्तर्राष्ट्रिय बिक्री प्रबन्धक सुनील संक तथा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

फोर्स मोटर्सले आफ्ना ग्राहकलाई गाडी बिक्री गरेपछिको सही र सहज किसिमको सेवा दिनको लागि सर्भिस सेन्टर संचालनमा ल्याएको कार्यक्रममा जानकारी दिइएको छ । गाडी बिक्री पछिको आधुनिक सेवा तथा पार्टपुर्जाहरुको सेवा दिने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको आधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा संचालनमा ल्याएको अध्यक्ष थापाले बताए ।

फोर्स मोटर्सको चाउथेमा सोरुम पनि यसअघिबाटै संचालनमा रहेको छ । फोर्सका ग्राहकले सर्भिस सेन्टरमा अत्याधुनिक सेवा सुविधाका साथ गाडीको मर्मत गर्ने र पार्टपुर्जा फेर्नका लागि अब कुनै कठिनाई नभएको थापाले जानकारी दिए । सर्भिस सेन्टर करिब ७ रोपनी जग्गामा फैलिएको छ । सेन्टरबाट ग्राहकले गाडीको स्पेयर्स तथा सर्भिस सेन्टर एउटै स्थानबाट छिटो छरितो आधुनिक सेवा दिइने आयाम इन्टरकन्टिनेन्टल प्रालिका प्रबन्ध निर्देशक निरन केसी ले जानकारी दिए ।

प्रकाशित मिति २०७९ माघ १० गते मंगलबार ०७:५७

हजुरको प्रतिक्रिया