२०८३ कात्तिक १० गते सोमबार

खेलकुद

सन्दीप लामिछानेलाई खेलमा फर्काउनेबारे क्यानमा छलफल

सन्दीप लामिछानेलाई खेलमा फर्काउनेबारे क्यानमा छलफल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १२ गते बिहीबार ०३:३५

बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई उच्च अदालत पाटनले काठमाडौं उपत्यकाबाट बाहिर जान नपाउने गरी २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ

पाेखरा

नेपाल क्रिकेट संघ क्यानले बलात्कारको आरोपमा निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा रहेको बताएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालको विद्यमान कानूनले जे अनुमति दिन्छ त्यसै अनुसार अघि बढ्ने बताएका छन् ।

‘आईसीसीले पनि नेपालको कानुनले जे भन्छ, त्यही अनुसार गर भनेको छ,’ चन्दले भने, ‘के गर्ने भनेर हामी सरोकारवालासँग छलफलमा छौं ।

बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई उच्च अदालत पाटनले काठमाडौं उपत्यकाबाट बाहिर जान नपाउने गरी २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

थुनाबाट रिहा भएकाले उनलाई टिममा फर्काउनु पर्ने एकथरीको माग छ भने उनीमाथि बलात्कारको आरोप कायमै रहेकाले टिममा फर्काउन नहुने भन्ने पनि माग छ ।

प्रकाशित मिति २०७९ माघ १२ गते बिहीबार ०३:३५
हजुरको प्रतिक्रिया