२०८३ असोज २३ गते शुक्रबार

गण्डकीका सांसदले के–के पाउँछन् सुविधा ? (भिडियो)

गण्डकीका सांसदले के–के पाउँछन् सुविधा ? (भिडियो)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १२ गते बिहीबार ०८:४५

प्रदेश सभाका सभामुखले मासिक ६३ हजार ४८० रुपैयाँ पारिश्रमिक पाउँछन् ।

पोखरा । गत ४ मंसिरको चुनावमार्फत प्रदेश सभा सदस्य चुनिएकामध्येबाट सभामुख र उपसभामुख चयन भइसकेका छन् । उनीहरुले के–के सुविधा पाउँछन् होला ?

प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सविधा सम्बन्धी ऐन, २०७४ मा सभामुख, उपसभामुख, विपक्षी दलको नेता, दलको नेता, उपनेता, सत्ता र प्रतिपक्षी दलको प्रमुख सचेतक, अन्य दलको प्रमुख सचेतक, संसदीय समितिका सभापति, दलको सचेतक र सदस्यले पाउने सुविधाबारे उल्लेख छ ।

प्रदेश सभाका सभामुखले मासिक ६३ हजार ४८० रुपैयाँ पारिश्रमिक पाउँछन् । उपसभामुख र विपक्षी दलको नेताले ६० हजार रुपैयाँ पारिश्रमिक पाउँछन् । दलको नेताले ५९ हजार ५ सय रुपैयाँ, उपनेताले ५८ हजार ८४० रुपैयाँ, सत्ता र प्रतिपक्षी दलको प्रमुख सचेतक, अन्य दलको प्रमुख सचेतक, संसदीय समितिका सभापतिले ५८ हजार ८४० रुपैयाँ, दलको सचेतकले ५६ हजार ५ सय २० रुपैयाँ र सदस्यले ५४ हजार २ सय रुपैयाँ पारिश्रमिक पाउँछन् ।

पारिश्रमिकबाहेक बैठक भत्ता, यातायात, आवासलगायत सुविधाको व्यवस्था पनि ऐनले गरेको छ । पाँच वर्षको कार्यकालमा सभामुख, उपसभामुख, विपक्षी दलको नेताबाहेकले फर्निचर शीर्षकमा ५० हजार रुपैयाँ पाउँछन् । सबै सांसदले एक जना स्वकीय सचिव पाउने व्यवस्था छ । सभामुख, उपसभामुख र विपक्षी दलको नेताले ३ जनासम्म सहयोगी पाउँछन् ।

प्रकाशित मिति २०७९ माघ १२ गते बिहीबार ०८:४५
हजुरको प्रतिक्रिया