२०८३ साउन २१ गते बिहीबार

कुलपति रनिङ सिल्डः उपाधि होडमा भद्रकाली र कालिका मावि

कुलपति रनिङ सिल्डः उपाधि होडमा भद्रकाली र कालिका मावि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १२ गते बिहीबार ०७:५७

प्रतियोगिताको उपाधिका लागि कालिका माध्यमिक विद्यालय र भद्रकाली माध्यमिक विद्यालय भिड्ने भएका छन् ।

पोखरा

गण्डकी विश्वविद्यालयले आयोजना गरेको प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि कालिका माध्यमिक विद्यालय र भद्रकाली माध्यमिक विद्यालय भिड्ने भएका छन् । उपाधि होडमा यी दुई विद्यालय शुक्रबार पोखरा रंगशालाको फुटबल मैदान उत्रनेछन् ।

बिहीबार भएको पहिलो सेमीफाइलनमा भद्रकालीले इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालयलाई ६–२ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

भद्रकालीका अमित गुरुङले ह्याट्रिक गरे । उनले खेलको ३८ औं, ५५ औं र ५९ औं मिनेटमा गोल गरे । युक्त गुरुङ, अमिर गुरुङ र दिपेश गुरुङले १–१ गोल थपे ।

इन्द्रराज्यलक्ष्मीबाट दिनेश घर्तिमगरले २ गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । उनले ५ औं मिनेट र १८ औं मिनेटमा गोल फर्काएका हुुन् ।

दोस्रो सेमीफाइलनमा सहिद स्मृति आवसीय माध्यमिक विद्यालयलाई १–० गोल अन्तरले पराजित गर्दै कालिकाले उपाधि होडमा भद्रकालीसँगको भेट पक्का गरेको हो ।

कालिकाको जितमा तेजबहादुर गुरुङले गोेल गरे । खेलको ३१ औं मिनेटमा तेजले गरेको गोल नै जितमा निर्णायक बन्यो ।

प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रकाशित मिति २०७९ माघ १२ गते बिहीबार ०७:५७
हजुरको प्रतिक्रिया