२०८३ साउन २१ गते बिहीबार

साविकको विजेता आर्मीलाई हराउदै पुलिस तेस्रो

साविकको विजेता आर्मीलाई हराउदै पुलिस तेस्रो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १४ गते शनिबार १२:३२

शनिबार भएको खेलमा लिग चरणमा व्यहोरेको हरको बदला लिँदै पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो ।

पोखरा

साविक विजेता त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्बल तेस्रो भएको छ । तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको शनिबार भएको खेलमा लिग चरणमा व्यहोरेको हरको बदला लिँदै पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो ।

दोस्रो संस्करणमा उपाधि उचालेको आर्मी पहिलो संस्करणमा घरेलु टोली गण्डकीसँग पराजित भएको थियो । पोखरा रंगशालााको भलिबल कोर्टमा तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा आर्मीले पहिलो सेट २५–२२ अंकको जित निकाल्यो । त्यपछिको लगातार ३ सेट पुलिसको जितेको छ । पुलिसले १८–२५, २१–२५ र २०–२५ जित हासिल गर्दै तेस्रो स्थान प्राप्त ग¥यो ।

तेस्रो भएको पुलिसले १ लाख २५ हजार रुपैयाँ प्राप्त गरेको छ । चौथो भएको आर्मीले ६५ हजार रुपैयाँमा चित्त बुझायो । सेमिफाइनलमा आर्मीलाई गण्डकीले र पुलिसलाई एपीएफले रोक्दै उपाधि होडमा पुगेको हो ।

महिलातर्फ उपाधिको साविक विजेता नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । पहिलो सेट एपीएफले जितेको छ । एपीएफले आर्मीलाई २५–२० अंकले पराजित गरेको छ ।

महिला र पुरुष दुवैतर्फको विजेताले समान ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ, विधागततर्फका उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई १०/१० हजार हजार रुपैयाँ प्रदान गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति २०७९ माघ १४ गते शनिबार १२:३२
हजुरको प्रतिक्रिया