पोखरा
चेम्बर अफ कमर्स गण्डकीले प्रदेशमा आइडिया बैंक खोल्ने भएको छ । ‘सोचबाट उद्यमशिलता’ नाराका साथ गण्डकीमा आइडिया बैंक स्थापना गर्ने लागेको अध्यक्ष किसान सुनारले बताए ।
‘गण्डकी प्रदेशमा स्थापना भएका उद्योगी, व्यवसायीलाई थप व्यवस्थित र वस्तु तथा सेवाको व्यवसायिक प्रवद्र्धन गर्ने प्रमुख उदेश्य हो’, सुनारले भने, ‘आइडिया बैंक स्थापना भएसँगै नयाँ उद्यम गर्न चाहने र विदेशबाट ज्ञान सीप सिकेर पूँजी लिएर आएका उद्यमीहरुलाई सहयोग पुग्ने अपेक्षा छ ।’
देशमा भएका बेरोजगार युवालाई स्वरोजगार सृजना गर्न चेम्बरले तीन तहको सरकारसँग सहकार्य गर्न आइडिया बैंकको अवधारण ल्याइएको हो ।
‘पछिल्लो समय देशमा बेरोजगार प्रमुख समस्या बनेको छ । तीनै तहको सरकारसँग समन्वय गर्दै दातृ निकायसँग साझेदारी गर्दै विउ पूँजी उपलब्ध गराई बेरोजगारीलाई स्वरोजगार सृजना गर्न सक्छौं’, उनले भने ।
चेम्बर अफ कमर्स गण्डकीको आठौं बैठकलले गण्डकी प्रदेशमा फ्रि हटलाईन नम्वर हेल्लो चेम्बर हेल्प डेस्क स्थापना गर्ने निर्णय समेत गरेको छ ।
गण्डकी प्रदेश भित्ररहेका उद्योगी, व्यवसायीहरुको हक हित,समस्या पहिचान र निराकन गर्नका लागि व्यवसायीक प्रवद्र्धन गर्न सरकार र निजी क्षेत्रबीच पुलको काम गरी सरकरलाई व्यवसायी मैत्रि नीति निर्माण गर्न लगानी मैत्री वातावरण तयार गर्न नीतिगत सुझावका लागि हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको हो ।
एक पालिका एक उत्पादन र उत्पादित वस्तुको बजारिकण गर्ने निर्णय समेत गरेको छ ।
प्रकाशित मिति २०७९ माघ १४ गते शनिबार ०७:०९




