पोखरा । गण्डकी प्रदेश सरकारको प्रवक्ताको जिम्मा आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले पाएका छन् ।
मुख्यमन्त्री खगराज अधिकारीले थापालाई सरकारको प्रवक्ता तोकेका हुन् ।
गत २५ पुसमा मुख्यमन्त्री अधिकारीले तत्कालीन बिनाविभागीय मन्त्री सीताकुमारी सुन्दासलाई प्रवक्ता बनाएका थिए ।
गत १० माघमा मन्त्रिपरिषद्ले पूर्णता पाउँदा गाहा मन्त्री बनेका थिए । मुख्यमन्त्री अधिकारीले ११ माघमा बसेको बैठकमार्फत सञ्चारमन्त्रीसमेत रहेका रोशनलाई प्रवक्ता बनाउने निर्णय गराएका हुन् ।
प्रकाशित मिति २०७९ माघ १५ गते आइतबार ०२:५६