२०८३ असोज २३ गते शुक्रबार

‘कन्सर्टमा क्षमता भन्दा बढी दर्शक आइदिँदा भिड अनियन्त्रित भयो’:आयोजक

‘कन्सर्टमा क्षमता भन्दा बढी दर्शक आइदिँदा भिड अनियन्त्रित भयो’:आयोजक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १५ गते आइतबार ०२:५०

पोखरा धनकुटामा जारी धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको कन्सर्टमा अनियन्त्रित भिडमा च्यापिएर ३० घाइते भएका छन् । जसमा अहिले ११ जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका छन् । माघ ६ गतेदेखि...

११ जना अझै उपचाररत

पोखरा
धनकुटामा जारी धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको कन्सर्टमा अनियन्त्रित भिडमा च्यापिएर ३० घाइते भएका छन् । जसमा अहिले ११ जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका छन् ।

माघ ६ गतेदेखि उद्योग वाणिज्य संघको आयोजनामा धनकुटामा आयोजनामा धनकुटा महोत्सव तल्लो टुंडिखेलमा चलिरहेको थियो । शनिबार करिब ८ बजे प्रमोद खरेल स्टेजमा आउने बित्तिकै भएको आएको भीडमा ठेलमठेल सुरु भएको थियो ।

प्रहरीले भीडलाई नियन्त्रणमा लिने प्रयास गरेपनि नसकेपछि ठेलमठेल हुँदा मान्छे च्यापिएर घाइते भएका हुन् । त्यसलगत्तै आयोजकले घाइतेको उपचार गराउन अस्पताल पुयाएको आयोजक धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए ।

घाइतेको सम्पूर्ण उपचार खर्च आयोजकले लिएको बताउँदै उनले घटनालाई गम्भीर रुपमा लिइएको बताए । उनले भने, ‘पाँच वर्ष अघि हामीले गायक खरेललाई ल्याएका थियौं, यसपालि पनि ल्यायौं तर उनलाई हेर्न आउनेको भीड धेरै भयो । क्षमता बढी दर्शक आउनुभयो ।’

आज केही समय स्थगित भएको महोत्सव पुन सुचारु भएको छ । महोत्सवको भोली समापन गरिने आयोजकले बताएको छ ।

प्रकाशित मिति २०७९ माघ १५ गते आइतबार ०२:५०
हजुरको प्रतिक्रिया