२०८३ असोज २३ गते शुक्रबार

खगराजले छाने पृथ्वीसुब्बाकै योजना सारथी, आफ्नो क्याम्पसका साथी

खगराजले छाने पृथ्वीसुब्बाकै योजना सारथी, आफ्नो क्याम्पसका साथी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १५ गते आइतबार ०८:०४

युएनडिपीबाट राजीनामा दिएर दोस्रो पटक गण्डकीको नीति तथा योजना आयोगमा आएका शर्माको खगराजसँग विद्यार्थी कालदेखिकै सम्बन्ध हो

पोखरा
गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रोजेका नीति तथा योजना निर्माण गर्ने सारथीलाई नै अहिलेका मुख्यमन्त्री खगराज अधिकारीले पनि दोहो¥याएका छन् ।

गण्डकी प्रदेशको आइतरबार बसेको मन्त्रिपरिषदको बैठकले डा. गिरिधारीलाई नै दोहो¥याउने निर्णय गरेको सरकारका प्रवक्ता रोशन गाहामगरले जानकारी दिए ।
लामो समय युनिडिपीमा खाइखेलेका डा. गिरिधारीसँग योजना निर्माणमा विशेष अनुभव रहेकाले नै फेरि दोहो¥याएका हुन् ।

डा. गिरिधारी स्याङ्जावासी हुन् । अघिल्लो पटक युएनडिपीको राष्ट्रिय आयोजना प्रवन्धकबाट राजीनामा दिएर आएपछि नीति तथा योजना आयोगमा उपाध्यक्ष नियुक्त भएका थिए ।

२०७४ माघ २९ गते मुख्यमन्त्री नियुक्त भएर फागुन ४ गते सरकार गठन गरेका पृथ्वीसुब्बाले अनुभवी र संघीयताको मर्मअनुसार योजना निर्माण गर्ने व्यक्ति पाइरहेका थिएनन् ।

२०७५ साउन ११ गते नियुक्त भएका शर्मा गण्डकी प्रदेशमा पृथ्वीसुब्बाको सरकार ढलेपछि फेरि काठमाडौं फर्किएर युएनडिपीमै नेपालको दीगो विकास लक्ष्य सल्लाहकारका रुपमा पूर्णकालीन जागिर खाइरहेका थिए । सोमबार राजीनामा बुझाएर १÷२ दिनभित्र गण्डकीको नियुक्त हुन आउने उनले बताए ।

शर्माले थाइल्यान्डको एसियन इन्टिच्युट अफ टेक्नोलोजीबाट डेभलपमेन्ट प्लानिङमा एमएस्सी र पिएचडी गरेका छन् ।

युएनडिपीबाट राजीनामा दिएर दोस्रो पटक गण्डकीको नीति तथा योजना आयोगमा ल्याएका खगराजसँग शर्माको विद्यार्थी कालदेखिकै सम्बन्ध हो ।
उनीहरु दुबै जना पोखराको पृथ्वीनारायण क्याम्पमा आइए सँगै पढेका थिए ।

आइतबारको मन्त्रिपरिषद बैठकले उपाध्यक्षमा डा. गिरिधारीसँगै अन्य २ जना सदस्य पनि नियुक्त गरेको छ । तनहुँका डा. सुवास अधिकारी र कास्कीकी डा. सीता खत्री सदस्यमा नियुक्त भएका छन् ।

डा. अधिकारी यसअघि कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा पनि सदस्य थिए । उनी माओवादी कोटाबाट सदस्यमै दोहोरिएका हुन् ।

प्रकाशित मिति २०७९ माघ १५ गते आइतबार ०८:०४
हजुरको प्रतिक्रिया