२०८३ साउन २१ गते बिहीबार

पोखरामा आगोमा जलेका पुरुषलाई बचाउने महिलाको मृत्युु

पोखरामा आगोमा जलेका पुरुषलाई बचाउने महिलाको मृत्युु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १६ गते सोमबार ०१:४८

सापकोटाको घरमा स्टेशनरी सञ्चालन गर्दै आएका क्षत्रीले आइतबार आत्मदाहको प्रयास गरेका थिए ।

पोखरा

पोखरामा-१३ काहूँखोलामा आइतबार आत्मदाह गर्न खोजेका डेरावाल पुरुषलाई बचाउने घरधनी महिलाको मृत्यु भएको छ ।

काँहूखोलाकी ४० वर्षीया संगीता सापकोटाको आज विहान करिब ५ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको अस्पतालले जनाएको छ । सापकोटाको शरीरको ८५ प्रतिशत भाग जलेका कारण भेन्टिलेटरमा राखि उपचार गरिएको थियो ।

आफूलाई पेट्रोल छर्किएर आत्मदाह गर्न खोजेका ४३ वर्षीय कृष्णबहादुर क्षेत्रीको भने अवस्था सुधारोन्मुख रहेको अस्पतालले बताएको छ ।

सापकोटाको घरमा स्टेशनरी सञ्चालन गर्दै आएका क्षत्रीले आइतबार आत्मदाहको प्रयास गरेका थिए ।

उनलाई बचाउने क्रममा संगीताको शरीरमा आगो सल्किएर गम्भीर घाइते भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमानले देखाएको जिल्ला प्रहरी कार्यलय कास्कीका निमित्त प्रवक्ता सुवास तिमिल्सनाले बताए ।

प्रकाशित मिति २०७९ माघ १६ गते सोमबार ०१:४८

हजुरको प्रतिक्रिया