२०८३ साउन २१ गते बिहीबार

पोखरा महानगरको आयोजनामा वडास्तरीय भलिबल सुरु, पहिलो दिन ८ खेल

पोखरा महानगरको आयोजनामा वडास्तरीय भलिबल सुरु, पहिलो दिन ८ खेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १६ गते सोमबार ०७:०२

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा अन्तर वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा अन्तर वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरे । प्रमुख आचार्यले खेलाडीहरूको क्षमता अभिवृद्धिसहित थप अवसर सृजना गर्न बेलाबखत प्रतियोगिता भइरहनुपर्ने बताए । खेलकुदले अनुशासित नागरिक उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास प्रमुख आचार्यले व्यक्त गरे ।

पहिलो दिन सोमबार पुरुषतर्फका ८ खेल भए । जसमा पोखरा–२३ ले पोखरा–१५, पोखरा–२४ ले पोखरा–१४, पोखरा–१६ ले पोखरा–७, पोखरा–१८ ले पोखरा–३१ लाई सोझो सेटमा, पोखरा–२० ले पोखरा–१९ लाई, पोखरा–२१ ले पोखरा–३३ लाई, पोखरा–३२ ले पोखरा–२२ लाई, पोखरा–२५ ले पोखरा–२८ लाई २–१ को सेटमा पराजित गरे । खेल जितेको पोखरा–२५ को टिमलाई प्रोटेस्ट परेपछि पोखरा–२८ स्वतः क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनल र सेमिफाइनलका खेल मंगलबार हुने छन् । प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको फाइनल बुधबार दिउँसो हुनेछ ।

प्रतियोगिताको पुरुष र महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ६० हजार, ५० हजार, ४० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ ३ टिमको सहभागिता छ । यस प्रतियोगितामार्फत उत्कृष्ट टिम घोषणा गरिने छ जसले पछि हुने अन्तर नगरपालिका भलिबल प्रतियोगितामा पोखरा महानगरपालिकाकोतर्फबाट सहभागिता जनाउने छ ।

प्रकाशित मिति २०७९ माघ १६ गते सोमबार ०७:०२
हजुरको प्रतिक्रिया