२०८३ साउन २१ गते बिहीबार

खेलकुद

क्रिकेट संघकाे बैठक पाेखरामा बस्दै, सन्दीपकाे निलम्बन फुकुवा हुन सक्ने

क्रिकेट संघकाे बैठक पाेखरामा बस्दै, सन्दीपकाे निलम्बन फुकुवा हुन सक्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १७ गते मंगलबार ११:२१

नाबालिग बलात्कार आरोप लागेका लामिछाने धराैटीमा रिहा भएका छन् । उनकाे निलम्बन फुवुवाबारे क्यानकाे व्यापक आलाेचना भइरहेकाे छ ।

पाेखरा

नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकका लागि पदाधिकारीहरु पोखरा आइपुगेका छन् । बोर्ड बैठक १२ बजेदेखि लेकसाइडस्थित एक होटलमा सुरू हुने क्यानका एक सदस्यले पब्लिक टेलिभिजनलाई जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा, नेपाल टी-२० लिग आयोजनाका लागि सेभेन थ्री स्पोर्टससँग भएको सम्झौता तथा टी-२० लिगमा भएको विवाद लगायतबारेमा बैठकमा छलफल हुने छ ।

‘मुख्य एजेन्डा यिनै हुन् । तर, यसबाहेक आजको बैठकमा विभिन्न १०, १२ वटा जति एजेन्डामा छलफल हुने भन्नेछ,’ ती सदस्यले भने ।

नाबालिग बलात्कार आरोप लागेका लामिछाने धराैटीमा रिहा भएका छन् । उनकाे निलम्बन फुवुवाबारे क्यानकाे व्यापक आलाेचना भइरहेकाे छ ।

काठमाडौंदेखि पोखरा आएको क्यान पदाधिकारीले मंगलबार बिहान पोखरा रंगशालास्थित क्रिकेट मैदानको अवलोकन पनि गरेका छन् ।

प्रकाशित मिति २०७९ माघ १७ गते मंगलबार ११:२१
हजुरको प्रतिक्रिया