२०८३ साउन २१ गते बिहीबार

अध्यक्षको राजीनामा मागेपछि पोखरामा बसिरहेको क्रिकेट संघको बैठक सुरु नै हुन सकेन

अध्यक्षको राजीनामा मागेपछि पोखरामा बसिरहेको क्रिकेट संघको बैठक सुरु नै हुन सकेन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १७ गते मंगलबार ०४:००

पोखरा क्रिकेट संघका अध्यक्षको ७ केन्द्रीय सदस्यले राजीनामा माग गरेपछि पोखरामा बसिरहेको बोर्ड बैठक सुरु हुन सकेको छैन । बैठकको सुरुमै ७ जनाको तर्फबाट ७ जनाको तर्फबाट ऋषिराम गौतमले अध्यक्ष चन्दलाई लिखित पत्र नै बुझाएका हुन् । 'हामीले...

असन्तुष्ट पक्षले पत्रकार सम्मेलन गर्दै

पोखरा

क्रिकेट संघका अध्यक्षको ७ केन्द्रीय सदस्यले राजीनामा माग गरेपछि पोखरामा बसिरहेको बोर्ड बैठक सुरु हुन सकेको छैन ।

बैठकको सुरुमै ७ जनाको तर्फबाट ७ जनाको तर्फबाट ऋषिराम गौतमले अध्यक्ष चन्दलाई लिखित पत्र नै बुझाएका हुन् ।

‘हामीले अध्यक्षज्युको राजीनामा माग गरेका छौं । त्यसैमा अधीन छौं । अहिले बैठक रोकिएको छ, सुरु हुन सकेको छैन’, अध्यक्षको राजीनामा माग गरेका मध्येका एक केन्द्रीय सदस्यले भने ।

नेपाल टी–२० लिग स्पट फिक्सिङमा मुछिएपछि उनीहरुले अध्यक्षको राजीानामा माग गरेका हुन् ।

बैठक मंगलबार दिउँसो १२ बजेदेखि लेकसाइडस्थित होटल एल्लो प्यागोडामा भइरहेको छ । असन्तुष्ट पक्षले आज साझ ५ बजे पत्रकार सम्मेलन गर्दैछ ।

प्रकाशित मिति २०७९ माघ १७ गते मंगलबार ०४:००
हजुरको प्रतिक्रिया