२०८३ असोज २४ गते शनिबार

वैशाखमा सातौं पोखरा स्पोर्ट्स अवार्ड

वैशाखमा सातौं पोखरा स्पोर्ट्स अवार्ड

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १८ गते बुधबार ०९:३४

मञ्चले स्पोर्टस् अवार्डको तयारी सुरु गरेको अध्यक्ष दिननाथ बरालले बताए ।

पोखरा

सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड वैशाख तेस्रो साता गर्ने तय भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा वैशाख २२ गते गर्न लागिएको हो ।

मञ्चले स्पोर्टस् अवार्डको तयारी सुरु गरेको अध्यक्ष दिननाथ बरालले बताए । ‘हामीले सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डलाई उत्कृष्ट बनाउन तयारि सुरु गरेका छौं । सबैको साथले कार्यक्रम भव्य बन्ने विश्वास छ’ उनले भने ।

मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्नेछ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पूर्व सल्लाहकार स्वर्गीय त्रिभुवन पौडेलको स्मृतिमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले स्थापना गर्न लागेको अक्षयकोषमा १५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय समेत गरेको छ ।

महासंघ गण्डकी प्रदेश समितिले संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ ।

प्रकाशित मिति २०७९ माघ १८ गते बुधबार ०९:३४
हजुरको प्रतिक्रिया