२०८३ साउन २१ गते बिहीबार

क्यानको खेलाडी ग्रेडिङः महिला घटे, ज्ञानेन्द्र ‘बी’मा झर्दा सन्दीप आउट

क्यानको खेलाडी ग्रेडिङः महिला घटे, ज्ञानेन्द्र ‘बी’मा झर्दा सन्दीप आउट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १८ गते बुधबार ०२:०७

पोखरामा मंगलबार अबेरसम्म बसेको क्यानको बोर्ड बैठकले १८ पुरुष खेलाडी र १२ महिला खेलाडीलाई ६ महिनाका लागि करारमा राख्ने निर्णय गरेको छ ।

पोखरा
पोखरामा बसेको क्यानको बोर्ड बैठकले १८ पुरुष खेलाडी र १२ महिला खेलाडीलाई ६ महिनाका लागि करारमा राख्ने निर्णय गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले सेन्ट्रल कन्ट्र्याक्टका लागि पुरुष र महिला खेलाडीको वर्गीकरण गरेको छ । जसमा पुरुषतर्फ पूर्वकप्तान ग्रेड ‘ए’बाट ‘बी’मा झरेका छन् भने अर्का पूर्वकप्तान सन्दीप लामिछाने ग्रेडमै समेटिएका छैनन् ।

पुरुषतर्फ ग्रेड ए’मा ५, ग्रेड बी’मा ३ र ग्रेड सी’मा १० जना छन् । ग्रेड ए’मा रोहित पौडेल, सोमपाल कामी, करन केसी, दीपेन्द्रसिंह ऐरी र आशिफ शेख छन् ।

त्यस्तै, आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल ग्रेड बी’मा छन् ।

ग्रेड सी’मा कमलसिंह ऐरी, विनोद भण्डारी, गुल्सन झा, अर्जुन साउद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव समेटिएका छन्।

मंगलबार रातिसम्म बसेको बोर्ड बैठकले महिलातर्फ १२ जना खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टका लागि ग्रेड निर्धारण गरेको छ ।

अघिल्ला समयमा १८ जना खेलाडीलाई नै राखे पनि यो पटक ६ जना खेलाडी क्यानले घटाएको हो ।

जसअन्तर्गत ग्रेड ए र ग्रेड बीमा ३, ३ जना तथा ग्रेड सी’मा ६ जना समेटिएका छन् ।

ग्रेड ए’मा रुबिना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा, ग्रेड बी’मा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य छन् ।

ग्रेड सीमा कविता जोशी, विन्दु रावल, सङ्गीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम छन् ।

प्रकाशित मिति २०७९ माघ १८ गते बुधबार ०२:०७
हजुरको प्रतिक्रिया