२०८३ साउन २१ गते बिहीबार

गाउँले लवजमा ‘मयाँले’ सार्वजनिक

गाउँले लवजमा ‘मयाँले’ सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक ३ गते सोमबार ०९:४५

पाेखरा । गाउँघरमा बाेलीचाली र चलनचल्तीमा रहेका लवज, शव्द र शैलीलाइ टपक्क टिपेर 'मयाँले' बाेलकाे गीत तयार गरिएकाे छ । म्याग्दी जिल्लाको विभिन्न भु-भागहरुमा युगौँदेखि गाईदै आएका भाका तथा शब्दहरुलाई गीतमा समेटिएके छ । गीत सृजना गर्नु...

पाेखरा । गाउँघरमा बाेलीचाली र चलनचल्तीमा रहेका लवज, शव्द र शैलीलाइ टपक्क टिपेर ‘मयाँले’ बाेलकाे गीत तयार गरिएकाे छ ।

म्याग्दी जिल्लाको विभिन्न भु-भागहरुमा युगौँदेखि गाईदै आएका भाका तथा शब्दहरुलाई गीतमा समेटिएके छ । गीत सृजना गर्नु पुर्व म्याग्दी जिल्लाको विभिन्न भुभागहरूमा पुगेर त्यहाँको कला संस्कृतिको अध्धयन गरिएको गीत्का गायक विष्णु रिजालले बताए ।

 

गीतकाे शब्द र संगीत संकलन प्रकाश दुतराजकाे गरेका हुन् । सम्भोज मल्ल, धुर्व जिसि, प्रकाश दुतराज, विष्णु रीजाल, शान्ता वर्देवा र बसन्ती थापाको स्वरमा सजिएको गीत अर्जुन थापाले एरेन्ज गरेका हुन् ।

म्याग्दी जिल्लाको विभिन्न आकर्षक दृश्य समावेश गीतको भिडियो भुपेन बाँनियाले गरेका हुन् । गीतमा सुनिल बानियाँ, विविदजंग थापा, जीवन कार्की, नविन बानिया, निर्देश चोखल लगायतका कलाकारको अभिनय रहेको छ ।

गीत नेपाली हिन्दुहरूकाे महान चाड दशै र तिहारसंग सम्वन्धित संस्कृति र सभ्यतासंग नजिक छ ।

प्रकाशित मिति २०७७ कात्तिक ३ गते सोमबार ०९:४५
हजुरको प्रतिक्रिया