२०८३ साउन २१ गते बिहीबार

पोखरामा शुक्रबार ह्विलचियर बास्केटबल प्रतियोगिता

पोखरामा शुक्रबार ह्विलचियर बास्केटबल प्रतियोगिता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १८ गते बुधबार ०८:५८

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी शुक्रबार प्रथम पुरुष तथा महिला ह्विलचियर बास्केटबल प्रतियोगिता हुने भएको छ ।

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी शुक्रबार प्रथम पुरुष तथा महिला ह्विलचियर बास्केटबल प्रतियोगिता हुने भएको छ ।

पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा अपांगता भएकाहरुले बास्केटबल खेल्ने भएका हुन् । प्रतियोगितामा पुरुषतर्फका दुई र महिलातर्फ एक टिम सहभागी हुने खेलकुद विकास समिति सदस्य भरत बानियाँले जानकारी दिए । सहभागी तीनमध्ये एक टिम सिधै फाइनलमा खेल्ने छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५, १५ र सात हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति २०७९ माघ १८ गते बुधबार ०८:५८
हजुरको प्रतिक्रिया