२०८३ साउन २१ गते बिहीबार

बलात्कार आरोपी सन्दीप क्यानको बन्द प्रशिक्षणमा, कोको परे ?

बलात्कार आरोपी सन्दीप क्यानको बन्द प्रशिक्षणमा, कोको परे ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १९ गते बिहीबार ०७:२६

जघन्य फाैजदारी अभियाेगकाे मुद्दा किनारा नलाग्दै हतारमा सन्दीपकाे निलम्बन फुकुवा गरेकाे भन्दै अहिले क्यानकाे चर्काे अालाेचना भइरहेकाे छ ।

पोखरा
बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएका पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् । राष्ट्रिय टिममा फर्काउने अधिकार खेलाडी छनोट समितिलाई दिइएको थियो ।

क्यानले बिहीबार संसोधनसहित सार्वजनिक गरेको क्लोज क्याम्प टिममा लामिछाने पनि समेटिएका हुन् । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले बुधबार सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।

मंगलबार पोखरामा बसेको क्यानको बोर्ड बैठकले गरेको खेलाडी ग्रेडिङमा भने उनी समावेश थिएनन् । जघन्य फाैजदारी अभियाेगकाे मुद्दा किनारा नलाग्दै हतारमा सन्दीपकाे निलम्बन फुकुवा गरेकाे भन्दै अहिले क्यानकाे चर्काे अालाेचना भइरहेकाे छ ।

छनोट समितिले टिममा समावेश गर्ने निर्णयसँगै सन्दीपले बिहीबारै प्रमुख प्रशिक्षक मोन्टी देशाईसँग भेटेर कुराकानी गरेका थिए । आजै उनले केही खेलाडीसँगै कीर्तिपुरमा पुगेर अभ्यास गरेका छन् ।

नाबालिग बलात्कार आरोप लागेपछि सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरेको थियो । त्यसको भोलिपल्टै क्यानले उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको हो ।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशविरुद्ध बेरित निवेदन दिएका सन्दीप उच्च अदालतको आदेशपछि मंसिर २९ गते धरौटीमा रिहा भएका थिए ।

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नामिविया र स्कटल्यान्डसँग त्रिकोणात्मक शृंखला खेल्दैछ ।

काेकाे परे टिममा ?

क्यानले सार्वजनिक गरेको बन्द प्रशिक्षण टोलीमा लामिछानेसहित कप्तान रोहित पौडेल कुशल भुर्तेल आसिफ शेख ज्ञानेन्द्र मल्ल कुशल मल्ल आरिफ शेख दीपेन्द्र सिंह ऐरी गुलशन झा करण केसी सन्दीप लामिछाने ललित राजवंशी सन्दीप जोरा भिम शार्की कमल सिंह ऐरी किशोर महतो मौसम ढकाल सूर्य तामाङ सोमपाल कामी, प्रतिश जिसी र अर्जुन साउद छन् ।

प्रकाशित मिति २०७९ माघ १९ गते बिहीबार ०७:२६
हजुरको प्रतिक्रिया