२०८३ असोज २४ गते शनिबार

पोखरामा भोलि राष्ट्रिय ईपि फेन्सिङ प्रतियोगिता

पोखरामा भोलि राष्ट्रिय ईपि फेन्सिङ प्रतियोगिता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १९ गते बिहीबार ०७:४०

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शुक्रबार प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला महिला–पुरुष ईपि फेन्सिङ प्रतियोगिता हुने भएको छ ।

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शुक्रबार प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला महिला–पुरुष ईपि फेन्सिङ प्रतियोगिता हुने भएको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता हुनेछ । प्रतियोगितामा पोखराका, गण्डकी प्रदेशका, प्रदेश १ का, एपीएफकासहित करिब ६० जना खेलाडी तीन विधामा सहभागी हुने समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने तीन वटा विधाका खेलाडीले क्रमशः १५/१५ हजार रुपैयाँ, १०/१० हजार रुपैयाँ पाउने छन् । तृतीय हुने दुई जनाले ५–५ हजार रुपैयाँ पाउने खड्काले बताए ।

कास्की जिल्ला फेन्सिङ संघको व्यवस्थापन तथा प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो ।

बास्केटबल पनि भोलि नै

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामै शुक्रबार प्रथम पुरुष तथा महिला ह्विलचियर बास्केटबल प्रतियोगिता हँदैछ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा अपांगता भएकाहरुले बास्केटबल खेल्ने भएका हुन् ।

प्रतियोगितामा पुरुषतर्फका दुई र महिलातर्फ एक टिम सहभागी हुने खेलकुद विकास समिति सदस्य भरत बानियाँले जानकारी दिए ।

सहभागी तीनमध्ये एक टिम सिधै फाइनलमा खेल्ने छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५, १५ र सात हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति २०७९ माघ १९ गते बिहीबार ०७:४०
हजुरको प्रतिक्रिया