२०८३ असोज २४ गते शनिबार

पोखरामा राष्ट्रिय ईपि फेन्सिङ प्रतियोगिता आजदेखि

पोखरामा राष्ट्रिय ईपि फेन्सिङ प्रतियोगिता आजदेखि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ २० गते शुक्रबार ०९:१०

प्रतियोगितामा पोखराका, गण्डकी प्रदेशका, प्रदेश १ का, एपीएफकासहित करिब ६० जना खेलाडी तीन विधामा सहभागी हुने समितिका अध्यक्ष दिपक बोहराले जानकारी दिए ।

पोखरा

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आजदेखि प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला महिला–पुरुष ईपि फेन्सिङ प्रतियोगिता सुरु हुँदैछ । विहान ११ बजेबाट पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता हुने आयोजक समितिले जनाएको छ ।

प्रतियोगितामा पोखराका, गण्डकी प्रदेशका, प्रदेश १ का, एपीएफकासहित करिब ६० जना खेलाडी तीन विधामा सहभागी हुने समितिका अध्यक्ष दिपक बोहराले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने तीन वटा विधाका खेलाडीले क्रमशः १५र१५ हजार रुपैयाँ, १०र१० हजार रुपैयाँ पाउने छन् । तृतीय हुने दुई जनाले ५–५ हजार रुपैयाँ पाउनेछन् । कास्की जिल्ला फेन्सिङ संघको व्यवस्थापन तथा प्राविधिक सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो ।

यस्तै पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामै आजदेखि प्रथम पुरुष तथा महिला ह्विलचियर बास्केटबल प्रतियोगिता सुरु हुँदैछ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा अपांगता भएकाहरुले बास्केटबल खेल्ने भएका हुन् ।

प्रतियोगितामा पुरुषतर्फका दुई र महिलातर्फ एक टिम सहभागी हुने खेलकुद विकास समिति सदस्यसचिव सुवास खडकाले जानकारी दिए ।

सहभागी तीनमध्ये एक टिम सिधै फाइनलमा खेल्ने छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५, १५ र सात हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति २०७९ माघ २० गते शुक्रबार ०९:१०
हजुरको प्रतिक्रिया