प्रदेशमा कुल संक्रमित ५ हजार ९ सय ६० जना, हालसम्म ५४ काे ज्यान गयाे
पाेखरा । गण्डकी प्रदेशमा साेमबार थप ३ जनाकाे ज्यान गएकाे छ भने थप २३० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । असाेज ३० गते, कार्तिक २ गते र कार्तिक ३ गते आज मृत्यु हुनेकाे संख्या गणना गरि प्रदेशमा थप ३ जनाकाे ज्यान गएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
बर्दघाट सुस्तापूर्व नवलपरासीकाे गैडाकाेट –१२ का ८५ बर्षीय पुरूषकाे असाेज ३० गते साँझ काेराेना संक्रमणका कारण निधन भएकाे, त्यस्तै बाग्लुङ नगरपालिका १ का ४८ बर्षीय महिलाकाे कार्तिक २ गते कुस्मा नगरपालिका २ मा निधन भएकाे र आज दिउँसाे २ : ३० बजे नवलपरासीकाे देवचुली ११ निवासी ७५ बर्षीय महिलाकाे मृत्यु भएकाे निर्देशनालयले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ । याे संगै गण्डकी प्रदेशमा काेराेना भाइरसकाे संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या ५४ पुगेकाे छ ।

यस्तै, साेमबार गण्डकी प्रदेशमा थप २३० जनालाइ काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । जसअनुसार सर्वाधिक धेरै पाेखरा महानगरपालिकाका रहेका छन । साेमबार पाेखरा महानगरपालिकाका १३२ जनामा काेराेनाकाे संक्रमण पुष्टि भएकाे हाे । अन्य संक्रमितहरूमा तनहुँका ३५ जना, बाग्लुङका २३ जना, नवलपरासीका १८ जना, लमजुङका ५ जना, स्याङजाका १४ जना, पर्वतका २ जना तथा गाेरखाका थप १ जना रहेकाे निर्देशनालयले उल्लेख गरेकाे छ ।
गण्डकी प्रदेशमा हालसम्म ५ हजार ९ सय ६० जनामा काेराेनाकाे संक्रमण पुष्टि भएकाे छ ।
प्रकाशित मिति २०७७ कात्तिक ३ गते सोमबार ०५:४८




