२०८३ साउन २१ गते बिहीबार

खगराजको उद्घाटन मोहः एकै दिन ४ योजनाको उद्घाटन

खगराजको उद्घाटन मोहः एकै दिन ४ योजनाको उद्घाटन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ २३ गते सोमबार ०८:४५

मेला महोत्सवदेखि सांगीतिक कार्यक्रममा उनी प्रमुुख अतिथि भएर पुुगेकै हुुन्छन् ।

पोखरा
पुुुुस २५ गते मुुख्यमन्त्री नियुुक्त भएपछि गण्डकीका मुुख्यमन्त्री खगराज अधिकारीलाई बधाइ थाप्न र उद्घाटन कार्यक्रममा सारिक हुुुुन भ्याइनभ्याइ छ । मेला महोत्सवदेखि सांगीतिक कार्यक्रममा उनी प्रमुुख अतिथि भएर पुुगेकै हुुन्छन् ।

सोमबार मुुख्यमन्त्री अधिकारीले गृहपालिकाको ४ योजनाको एकैदिन उद्घाटन गरे । उनले कास्कीको रुपा गाउँपालिकामा निर्माण भएका सडक, पुुल र विद्यालय भवनको उद्घाटन गरेका हुुन् ।

उनले रुपा रिङरोडको पहिलो खण्डको उद्घाटन गरेका छन् । यो सडकमा भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयले ४१ करोड रुपैयाँ लगानी गरेको छ ।

फैचोकदेखि पोल्याङसम्म जोड्ने सडकसँगै अधिकारीले सडक विभागले निर्माण गरेको कास्की र लमजुङ जोड्ने मोटरेबल पुलमा पनि रिबन काट्न पुुगे । कास्कीको रुपा गाउँपालिका र लमजुङको मध्यनेपाल नगरपालिका जोड्ने गरी बनेको १६५ मिटर लामो मोटरेबल पुल १२ करोड १३ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो ।

रुपा गाउँपालिका– ५ र पोखरा महानगरपालिका–३२ जोड्ने गरी २ करोड ५७ लाख रुपैयाँमा निर्माण भएको अर्को मोटरेबल पुलको समेत मुख्यमन्त्रीले सोमबार नै उद्घाटन गरेका छन् । यस्तै, २२ लाख रुपैयाँमा बनेको जनता माविको ८ कोठे भवनको पनि मुुख्यमन्त्रीले उद्घाटन गरे ।

मुख्यमन्त्री अधिकारीले भएका विकास निर्माणलाई संरक्षण गर्नुुपर्ने बताए । ‘विकासका योजना पाएरमात्रै हुँदैन । यसको सहि संरक्षण गरेर उत्पादनमूलक काममा जोड्न आवश्यक छ,’ उनले भने ।

गाउँपालिका अध्यक्ष नवराज ओझाले गाउँमा भौतिक विकास हुँदा पालिकाबासीलाई सहज हुने बताए ।

प्रकाशित मिति २०७९ माघ २३ गते सोमबार ०८:४५
हजुरको प्रतिक्रिया