२०८३ साउन २१ गते बिहीबार

देउवालाई विपक्षी दलको नेता तोक्नुको कारण सर्वोच्चले माग्यो

देउवालाई विपक्षी दलको नेता तोक्नुको कारण सर्वोच्चले माग्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ २५ गते बुधबार ०४:५६

देउवालाई विपक्षी दलको मान्यता दिने संघीय संसद सचिवालयको निर्णयविरुद्ध अधिवक्ता विमल पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

पोखरा

सर्वोच्च अदालतले संघीय संसद सचिवालयसँग नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिनुको कारण माग गरेको छ ।

देउवालाई विपक्षी दलको मान्यता दिने संघीय संसद सचिवालयको निर्णयविरुद्ध अधिवक्ता विमल पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सो रिटमा बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासले रिट निवेदनमा विपक्षी बनाइएका सभामुख देवराज घिमिरे, संघीय संसद सचिवालय, नेपाली कांग्रेसको संसदीय दल, नेता शेरबहादुर देउवा र संवैधानिक परिषदलाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

अधिवक्ता पोखरेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको दल प्रमुख प्रतिपक्षी हुन नसक्ने दावी गरेका थिए ।

प्रकाशित मिति २०७९ माघ २५ गते बुधबार ०४:५६
हजुरको प्रतिक्रिया