२०८३ साउन २१ गते बिहीबार

यू–२० साफ महिला च्याम्पियनसिपकाे फाइनल आज, नेपाल र बंगलादेश खेल्दै

यू–२० साफ महिला च्याम्पियनसिपकाे फाइनल आज, नेपाल र बंगलादेश खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ २६ गते बिहीबार ११:०३

प्रतियोगितामा नेपाल र आयोजक बंगलादेशसहित भारत र भुटानको सहभागिता रहेको थियो ।

पोखरा

२० वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल आज हुँदैछ ।

बंगलादेशमा भइरहेको च्याम्पियनसिपको फाइनलमा आज नेपालले बंगलादेशसँग खेल्दैछ । खेल ढाकामा बेलुका पौने ६ बजे हुनेछ । नेपाल घरेलु टोली बंगलादेशलाई हराएर उपाधि जित्ने दाउमा छन् बंगालदेश पनि आफ्नै भूमिमा भएको प्रतियोगिताको उपाधि रक्षा गर्ने होडमा छ ।

राउन्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । प्रतियोगितामा नेपाल र आयोजक बंगलादेशसहित भारत र भुटानको सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०७९ माघ २६ गते बिहीबार ११:०३
हजुरको प्रतिक्रिया