पोखरा
फ्रेबुअरी १४ अर्थात् प्रेम दिवसका दिन पोखरा १ लाख बढी रातो गुलाबको फूल आयात गरिँदैछ । नेपालमा नै उत्पादन हुने गुलाबको फूलले यहाँको मागलाई थेग्न नसक्ने हुनाले बाहिरबाट नै आयात गरिनुपर्ने अवस्था रहेको एक पुष्प व्यवसायीले बताए । गुलाबको फूललाई प्रेम चिन्हका रुपमा मानिने भएकाले प्रेमीप्रेमीकाले एकअर्कालाई गुलाबको फूल उपाहार दिने चलन रहि आएको छ । गुलाबको फूलमा पनि रातो रङको मात्र त्यस दिनमा बिक्रि हुने गरेको छ । यसै कारण व्यवसायीहरुले रातो गुलाबको फूलको आयातका लागि तीन महिना अघि देखि नै तयारी थालेका थिए ।
गुलाबको फूल प्रतिगोटा १ सयदेखि १ सय ५० रुपैयाँका दरले बिक्रि हुने पुष्प व्यवसायी दया द्धाले जानकारी दिए । बाहिरबाट आयात गरिनुपर्ने बाध्यता भएकाले गुलाफको फूल महंगो पर्न जाने द्धाले बताए । द्धाले भने, ‘यहाँ कृषकका लागि त्यहि अनुरुपको ऋण नदिइनु, खाद्य तत्व, बेलैमा बजार नपाउनुका कारणले बाहिरबाट नै गुलाबको फूल आयात गर्नुपर्छ । ’
यता प्रेम दिवसका लागि गुलाबको फूल आयातमा सरकारले प्रतिबन्ध लगाएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयअन्तर्गतका प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले सूचना निकालेर फूल आयातमा केही समयका लाग प्रतिबन्ध लगाएको जानकारी दिएको हो । अहिले केही दिनलाई प्राविधिक अध्ययन गरि केही सर्तसहित खुला गरिने कार्यालयले जनाएको छ । पुष्प व्यवसायीहरुले भने आयातलाई रोक्न नसकिने बताउँछन् ।
प्रकाशित मिति २०७९ माघ २८ गते शनिबार १०:००




