पाेखरा । पाेखरा सिर्जनशिल चकचक गरिरहन रूचाउने शहर हाे । कला, साहित्य र संगितका विद्यार्थीहरूले गर्ने विभिन्न सिर्जनशिल चकचकका कारण पनि पाेखराकाे परिचयले व्यापकता पाएकाे छ । पाेखरामा बसेर संगितकर्म र विशेष बाद्यबाधनमा साधना गरिरहेका एकजना पाेखरेली प्रतिभा रन्जन गायकले हिन्दु नेपालीहरूकाे महान चाड दशै र तिहारकाे मेसाेमा यस्तै एउटा सिर्जनशिल चकचक गरेका छन ।

रन्जनले नेपालीहरूमाझ विशेष शुभ अवसरहरूमा प्रयाेग हुने मालश्री धुनलाई हिपहप शैलीमा प्रस्तुत गरेका छन् । मालश्री धुन लोकप्रिय भक्ति संगित हो जसलाई पवित्र र विशेष पर्वकाे समयमा बजाउने गरिन्छ।

रन्जनले गरेकाे प्रयाेग ट्र्याप म्यूजिक फ्यूजन हो । रन्जनले सारंगीकाे शास्त्रीय पक्षका केही शैलीमा खेल्दै गायकीमा साधारण तानहरू प्रस्तुत गरेका छन ।
म्युजिक भिडियो समेत सार्वजनिक गरिएको मालश्री धुनमा रन्जन आफैले अभिनय गरेका छन् । रन्जन कै निर्देशनमा तयार भएको भिडियोकाे छायाँकन र सम्पादन यकिन गुरुङको छ । मालश्री धुनलाई उनकै अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
प्रकाशित मिति २०७७ कात्तिक ४ गते मंगलबार ०८:०१




