२०८३ साउन २१ गते बिहीबार

पोखरामा नमस्तेको सांगीतिक महोत्सव

पोखरामा नमस्तेको सांगीतिक महोत्सव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन १ गते सोमबार ११:२३

पछिल्लो समय निकै चर्चित गजल ‘के लत बस्यो मलाई...’ का गायक तिलकसिंह पेलाको पनि प्रस्तुुति रहनेछ । झन्डै ९० गायक गायिका उपस्थित भएर शिवरात्रीमा पोखराको माहोल सांगीतिक बनाउनेछन् ।

पोखरा

तीन दशक लामो इतिहास बोकेको सांगीतिक ब्याण्ड नमस्तेले पोखरामा विश्व संगीत महोत्सव गर्ने भएको छ । लेकसाइडको वाराही घाटमा फागुुन ५ र ६ गते नमस्तेको विश्व संगीत महोत्सवले संगीतमय माहोल बन्नेछ । पोखरेली ब्याण्ड नमस्तेको ३४ औं वार्षिकोत्सवको सन्दर्भमा विश्व संगीत महोत्सव आयोजना गरिएको हो ।

महोत्सवका संयोजक तथा नमस्ते ब्यान्डका ईश्वर गुरुङका अनुुसार यो १६ औं संस्करणको महाशिवरात्री विश्व संगीत महोत्सव हो । ‘महाशिवरात्री महोत्सव कलाकारहरुको उत्सव हो । नेपालका चर्चित कलाकारको उपस्थिति रहनेछ । हामीले यसलाई व्यवसायीक भन्दा पनि सामाजिक एवम् धार्मिक आस्थाका रुपमा लिएका छौं । हाम्रो हरेक कार्यक्रमको एउटा उद्देश्य हुन्छ । जसलाई सफल बनाउन पोखरेली दर्शकको न्यानो माया आजसम्म मिलेको छ’,उनले भने ।
यसअगाडि काठमाडौं र पोखरामा संगीत महोत्सव गरिन्थ्यो । योपल्ट पोखरामा मात्रै हुुनेछ । कोरोना संक्रमणका कारण तीन वर्षपछि कार्यक्रम आयोजना गरेको गुुरुङले जानकारी दिए ।

‘पप गीतसँगै आधुुनिक, ¥याप र लोकदोहोरी गीतहरु महोत्सवमा गुुञ्जनेछ’, उनले भने । स्थानीयसँगै अन्तर्राष्ट्रिय ब्यान्डहरुको प्रस्तुुती महोत्सवमा रहनेछ । अमेरिकाको पिजे एन्ड पिस जोएन्ट, वनशिवा मिनामी, मर्करी, तिब्बतको हिटा ब्यान्डले पोखरा तताउनेछन् ।

पुुराना चल्तीका गायक दिप श्रेष्ठ, उदय मनिला सोताङ, राजेशपायल राइ, सुगम श्रेष्ठ लगायतका कलाकारले फेवा किनारको माहोल तताउनेछन् । पछिल्लो समयका चर्चित सुुजन चापागाई, रवि ओड, रियान गिरी, प्रताप दास गुुञ्जनेछन् ।
पछिल्लो समय निकै चर्चित गजल ‘के लत बस्यो मलाई…’ का गायक तिलकसिंह पेलाको पनि प्रस्तुुति रहनेछ । झन्डै ९० गायक गायिका उपस्थित भएर शिवरात्रीमा पोखराको माहोल सांगीतिक बनाउनेछन् ।

लोकदोहोरीतर्फ प्रजापति पराजुुली, पुुरुषोत्तम न्यौपाने, राजुु परियार, शर्मिला गुुरुङ, राजन गुुरुङ, ज्योति मगर गुुञ्जनेछन् ।ब्याण्डको वार्षिक उत्सवमा वर्षेनी महाशिवरात्री अवसर पारेर सांगीतिक कार्यक्रम हुुँदै आइरहेको छ । शिवरात्रीकै बखतमा जापानमा समेत ४ पटक सम्म सांगीतिक महोत्सव गरिएको छ ।

प्रकाशित मिति २०७९ फागुन १ गते सोमबार ११:२३
हजुरको प्रतिक्रिया