तनहुँ
रोट्याक्ट क्लब अफ दमौलीले २० औं स्वर्गीय सचिनकुमार श्रेष्ठको स्मृतिमा दमौलीमा खुला दौड प्रतियोगिता आयोजना गरेको छ । आगामी फागुन ७ गते आईतबार २० औं स्मृतिमा खुला दौड प्रतियोगिता आयोजना गरिएको हो ।दमौलीको अनसन चौतारीबाट शुरु हुने दौड सफासडक, पृथ्वीराजमार्ग, गल्वुवेशी, भादगाउँ हुँदै छाब्दी बाराही मन्दिरमा पुगेर टुंगिनेछ ।
९ किलोमिटर दूरीको दौड प्रतियोगिताको विजेताले १४ हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रोले १२ हजार रुपैयाँ र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक उमेश पौडेलले बताए ।
पौडेलका अनुसार यसपालिल विभागीय धावकलाई सहभागि गराइने छैैन । भारतको कोलकातामा क्लबको कार्यक्रममा सहभागी हुन जाने क्रममा सवारी दुर्घटनामा परी ज्यान गुमाएका क्लबका तत्कालिन सहसचिव सचिनकुमार श्रेष्ठको स्मृतिमा क्लबले सन २००३ देखि हरेक वर्ष दौड प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।
प्रकाशित मिति २०७९ फागुन १ गते सोमबार ०१:३२