२०८३ कात्तिक ११ गते मंगलबार

जोमसोमबाट पोखरा आउँदै गरेको बस मुस्ताङको थासाङमा दुर्घटना

जोमसोमबाट पोखरा आउँदै गरेको बस मुस्ताङको थासाङमा दुर्घटना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन ३ गते बुधबार ११:१५

घटनामा घाइते भएका ११ जनालाई थप उपचारकाे लागि पोखरा ल्याइँदै छ ।

बस दुर्घटना हुँदा १७ घाइते

पोखरा

मुस्ताङको जोमसोमबाट पोखरा आउँदै गरेको बस दुर्घटनामा परेको छ । ना ७ ख ७४४० नम्बरको बस मुस्ताङको थासाङ–३ धम्पुस्थित कालीगण्डकी नदीमा खसेर दुर्घटना हुँदा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ ।

आज बिहान साढे ८ बजे बस दुर्घटना हुँदा २ जनाको अवस्था गम्भीर छ । घटनामा घाइते भएका ११ जनालाई थप उपचारकाे लागि  पोखरा ल्याइँदै छ ।

सडकबाट करिब ४५ मिटर तल काली नदीमा खसेर बस दुर्घटना भएको हो । प्रहरीका अनुसार के कारणले बस दुर्घटना भएको हो खुल्न सकेको छनै भने दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति २०७९ फागुन ३ गते बुधबार ११:१५
हजुरको प्रतिक्रिया