पोखरा
आज अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरबिरुद्धको दिवस ।
हरेक वर्षको फेब्रुअरी १५ मा यो दिवस मनाउने गरिन्छ । यस वर्ष जीवन रक्षाः तपाईंको हातमा’ भन्ने नारासहित अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरबिरुद्धको दिवसको मनाउन लागिएको हो ।
बाल्यकालमा हुने क्यान्सरका विरुद्ध जनचेतना बढाउने उद्देश्यका साथ बर्षेनी यो दिवस मनाइँदै आएको छ । नेपालमा अझै पनि बिरामीमध्ये दुई तिहाई बालबालिका क्यान्सर रोगको उपचारबाट वञ्चित हुन पुगेको बताइएको छ ।
आर्थिक अभाव र जनचेतनाको कारणले सो सङ्ख्यामा क्यान्सर भएका बालबालिका उपचारबाट वञ्चित भएको बताइएको हो ।
हरेक वर्ष विश्वभर झन्डै दुई लाख ८० हजार बालबालिका र १९ वर्षमुनिका जनसंख्याहरूमा क्यान्सर हुने गरेको पाइन्छ ।
उच्च आय भएका देशहरूमा ८० प्रतिशत क्यान्सरबाट बाँच्ने धेरै सम्भावना रहेको छ भने कम र मध्यम आय भएका देशहरूमा २० प्रतिशत मात्र बाँच्ने सम्भावना रहेको छ ।
हरेक तीन मिनेटमा विश्वभरका बालबालिकाको क्यान्सरले मृत्यु हुने गरेको छ । बाल्यकालमा क्यान्सर भएका बालबालिकाका लागि सहयोग र साथ दिने हिसाबले पनि यो दिवस मनाउने गरिएको हो ।
प्रकाशित मिति २०७९ फागुन ३ गते बुधबार ११:१३




