२०८३ असोज २४ गते शनिबार

स्कटल्यान्डले नामिबियालाई १० विकेटको फराकिलो अन्तरले हरायो

स्कटल्यान्डले नामिबियालाई १० विकेटको फराकिलो अन्तरले हरायो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन ३ गते बुधबार ०३:४५

आजको जितसँगै स्कटल्यान्ड ३३ खेलमा ४८ अङ्कका साथ शीर्ष स्थानमा कायमै छ ।

काठमाडौं

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डले नामिबियालाई १० विकेटले हराएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाले दिएको एक सय ५४ रनको लक्ष्य स्कटल्यान्डले २२ ओभर १ बलमा कुनै पनि विकेट नगुमाई भेटायो । उसका जर्ज मुन्शेले १ सय ३ र केल कोट्जरले ४६ रन बनाए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबिया ३९ ओभर २ बलमा १ सय ५३ रनमा अलआउट भयो । नामिबियाका लोह्यान्ड्रे लरेन्सले ५४ र बेर्नाड स्कोल्टेजले ३० रन बनाए । स्कटल्यान्डका मिचेल लेक्सले ४ तथा सफियान सरिफ र मार्क वाटले समान ३र३ विकेट लिए ।

हिजो मङ्गलवार भएको खेलमा नामिबिया घरेलु टोली नेपालसँग पराजित भएको थियो । यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् ।

आजको जितसँगै स्कटल्यान्ड ३३ खेलमा ४८ अङ्कका साथ शीर्ष स्थानमा कायमै छ । नामिबिया ३२ खेलमा ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । नेपाल २५ खेलमा २० अङ्कसहित छैटौँ स्थानमा छ । नेपालले आउँदो शुक्रवार स्कटल्यान्डसँग, शनिवार नामिबियासँग र मङ्गलवार फेरि स्कटल्यान्डसँग खेल्नेछ ।

प्रकाशित मिति २०७९ फागुन ३ गते बुधबार ०३:४५
हजुरको प्रतिक्रिया