२०८३ साउन २१ गते बिहीबार

व्यक्तिको जागिर जोगाउन ऐन संशोधन, सत्ता र प्रतिपक्षी एकै ठाउँ (भिडियो)

व्यक्तिको जागिर जोगाउन ऐन संशोधन, सत्ता र प्रतिपक्षी एकै ठाउँ (भिडियो)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन ४ गते बिहीबार ०५:०८

प्रतिपक्षी कांग्रेस दल नेता सुरेन्द्रराज पाण्डेको मौन समर्थनमा यो ऐनको संशोधन पारित भएको हो ।

पोखरा । स्वार्थ पर्दा कसरी सबै दल एक ठाउँमा हुन्छन् भन्ने गतिलो उदाहरण गण्डकी प्रदेशमा देखिएको छ ।

उमेर हदका कारण स्वतः पदमुक्त हुन लागेका गण्डकी प्रदेश सभाका सचिव हरिराज पोखरेलको कार्यकाल लम्ब्याउन हतारहतार ऐन संशोधन गरेर पारित गरिएको छ ।

सचिव पोखरेलको जागिर थमौतीकै लागि ६० वर्षको उमेरहद बढाएर ६५ वर्ष पुर्‍याउन प्रदेश सभा सचिवालय ऐन २०७७ नै संशोधन गरी फास्ट ट्रयाकबाट पारित गरिएको हो ।

२०७७ साल भदौमा नियुक्त पोखरेल ६० वर्षे उमेर हदका कारण चैत ४ गते पदमुक्त हुँदै थिए । संसदका विषयगत समितिहरुमा छलफल गरेर संसदमा थप छलफलका लागि आउनुपर्ने विधेयक फास्ट ट्राकबाट सिधै प्रदेश सभाबाट पारित गरिएको छ ।

प्रतिपक्षी कांग्रेस दल नेता सुरेन्द्रराज पाण्डेको मौन समर्थनमा यो ऐनको संशोधन पारित भएको हो ।

प्रकाशित मिति २०७९ फागुन ४ गते बिहीबार ०५:०८
हजुरको प्रतिक्रिया