पोखरा । पार्टी संगठन सुदृढीकरण तथा विस्तारको उद्देश्यसहित नेकपा एमालेले ‘मिसन ग्रास रूट’ सुरू गरेको छ । पार्टीलाई जगैदेखि बलियो बनाउने उद्घोषसहित अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार यो अभियानको शुभारम्भ गरे ।
एमालेले यो अभियानअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई गाउँ–गाउँमा खटाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समग्र अभियान संयोजक भनिएको छ । वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुलाई प्रदेशस्तरीय अभिमुखिकरणको जिम्मेवारी तोकिएको छ ।
मिसन ग्रास रूटमा खटिने नेताहरुका लागि ११ वटा काम तोकिएको छ । सदस्यता प्रदान गर्ने, प्रशिक्षण दिने, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुव्यवस्ति गर्ने तथा पार्टी र समाजमा विशेष योगदान गरेकालाई सम्मान गर्ने, पार्टीका विषयमा रायसुझाव लिनेलगायत जिम्मेवारी छ ।
गण्डकी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवालीलाई अभिमुखिकरणका लागि जिम्मा दिइएको छ भने सचिव पद्माकुमारी अर्याललाई अनुगमनको जिम्मेवारी तोकिएको छ । स्थायी कमिटी सदस्यहरु किरण गुरुङ, खगराज अधिकारी र थममाया थापालाई पनि खटाइएको छ ।
गण्डकीका ८५ पालिकामा कसलाई खटाइयो ?






