२०८३ साउन २१ गते बिहीबार

डा.बाबुराम भट्टराई जनता समाजवादी पार्टी नेपालकाे संघीय परिषद् अध्यक्ष

डा.बाबुराम भट्टराई जनता समाजवादी पार्टी नेपालकाे संघीय परिषद् अध्यक्ष

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक ४ गते मंगलबार ०९:४७

काठमाडाैं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद्को अध्यक्षमा डा.बाबुराम भट्टराईलाई जिम्मेवारी दिएको छ । कार्यकारिणी समितिको बैठकले सो जिम्मेवारी दिएको हाे । उनी पार्टीको वरियताक्रमको एक नम्बरमा रहने पार्टी स्रोतले जनाएको...

पार्टी वरियताक्रमको एक नम्बरमा रहने

काठमाडाैं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद्को अध्यक्षमा डा.बाबुराम भट्टराईलाई जिम्मेवारी दिएको छ । कार्यकारिणी समितिको बैठकले सो जिम्मेवारी दिएको हाे ।

उनी पार्टीको वरियताक्रमको एक नम्बरमा रहने पार्टी स्रोतले जनाएको छ ।

पार्टी दार्ता गर्ने क्रममा उनले आफूलाई एक नम्बरमा राख्न भनेका थिए तर महन्थ ठाकुरले त्यतिबेला मानेका थिएनन् । उनको पदबारे विवाद भएपछि आफू संघीय परिषद्का अध्यक्षमा नबस्ने बरु वरिष्ठ नेतामा बस्ने भन्दै संघीय परिषदको अध्यक्षमा टिपेक्स लगाएर वरिष्ठ नेतामा चित्त बुझाएका थिए ।

तर अहिले कार्यकारिणी समितिको बैठकले उनलाई संघीय परिषद्को अध्यक्ष दिएर वरियताक्रमको एक नम्बरमा राखेको छ ।

त्यसैगरी, बैठकले ७७९ सदस्यीय केन्द्रीय समितिको पनि घोषणा गरेको छ । यसअघि ७०१ सदस्यीय कार्यसमिति प्रावधान थियो तर केन्द्रीय सदस्यहरुको आकाँक्षी बढेपछि विधान संशोधन गरेर सङ्ख्या बढाएर ८०१ सदस्यीय गरेको छ । दुईजना पछि मनोनित गर्ने बताइएको छ । बैठकले विभिन्न विभाग र आयोगमा कार्यविभाजन पनि गरेको छ । २९ वटा विभाग बनेको छ ।

त्यस्तै, रेशम चौधरीको रिहाका लागि पार्टीले संधर्ष गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, तत्कालिन समाजवादी पार्टी र राजपा नेपालको सम्पत्ति एकीकृत गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सरकारले उदाशिनता देखाएको भन्दै विरोधसमेत गरेको छ । यस्तै पार्टीका सांसदहरुले चाडपर्वमा कुनैपनि भत्ता नलिने र भत्ता स्वरुप आउने रकम कोरोना पीडितको उपचारमा खर्च गर्ने निर्णय समेत बैठकले गरेको छ ।

प्रकाशित मिति २०७७ कात्तिक ४ गते मंगलबार ०९:४७
हजुरको प्रतिक्रिया