२०८३ असोज २४ गते शनिबार

गण्डकी प्रदेश सभाको कार्य व्यवस्थाले पायो पूर्णता, कुन दलबाट को ?

गण्डकी प्रदेश सभाको कार्य व्यवस्थाले पायो पूर्णता, कुन दलबाट को ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन ८ गते सोमबार ०३:४८

सभामुख कृष्णप्रसाद धितालले सोमबारको प्रदेश सभा बैठकमा समितिमा रहने सदस्यहरूको नाम प्रस्ताव गरेका थिए । ती नाममा बेठकले समर्थन जनाएको छ ।

पोखरा । गण्डकी प्रदेश सभाको कार्य व्यवस्था परामर्श समिति गठन भएको छ । सभामुख कृष्णप्रसाद धितालले सोमबारको प्रदेश सभा बैठकमा समितिमा रहने सदस्यहरूको नाम प्रस्ताव गरेका थिए । ती नाममा बेठकले समर्थन जनाएको छ ।

कांग्रेसबाट विन्दुकुमार थापा र नन्दप्रसाद न्यौपाने, नेकपा एमालेबाट गोविन्दबहादुर नेपाली र सुधिरकुमार पौडेल, नेकपा माओवादी केन्द्रबाट सुशीला सिंम्खडा र फणिन्द्र देवकोटा, राप्रपाबाट विन्दु अधिकारी पहाडी कार्य व्यवस्था सदस्य बनेका छन् ।

प्रदेश सभा नियमावली, २०७४ को नियम १३ मा सभामुख समितिको अध्यक्ष, उपसभामुख उपाध्यक्ष र प्रदेश सरकारको कानुनमन्त्री पदेन सदस्य रहने व्यवस्था छ । पदेनसहित १० सदस्यीय कार्य व्यवस्था परामर्श समिति बनेको छ । नियमावलीले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका सदस्यहरू समावेश हुने गरी बढीमा ११ जनासम्म सदस्य रहेको परामर्श समिति गठनको व्यवस्था गरेको छ ।

प्रदेश सभा बैठकमा प्रस्तुत हुने विषय निर्धारण र बैठकलाई व्यवस्थित गर्न कार्य व्यवस्था परामर्श समिति गठन हुन्छ ।

सभामुख निर्वाचित भएको ३८ दिनपछि कार्यवयवस्था परामर्श समिति गठन भएको हो । गत ३० पुसमा माओवादी केन्द्रका धिताल सभामुख निर्वाचित भएका थिए । कार्य व्यवस्था समिति गठन भएसँगै अब संसदीय समिति गठनको प्रक्रिया अघि बढ्ने छ ।

प्रकाशित मिति २०७९ फागुन ८ गते सोमबार ०३:४८
हजुरको प्रतिक्रिया