२०८३ साउन २१ गते बिहीबार

कोलकाता नाइट राइडर्सकाे लज्जास्पद हार, बैंगलोर ८ विकेट विजयी

कोलकाता नाइट राइडर्सकाे लज्जास्पद हार,  बैंगलोर ८ विकेट विजयी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक ६ गते बिहीबार ०९:२४

पाेखरा । कोलकाता नाइट राइडर्सलाई ८ विकेटले सहजै पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएल २०२० अन्तर्गत सातौँ जित दर्ता गरेको छ। युएईको अबुधाबी स्थित शेख जायद स्टेडियममा सम्पन्न खेलमा कोलकाताले दिएको ८५ रनको लक्ष्य बैंगलोरले...

खेलका क्रममा बने ८ राेचक किर्तिमान

पाेखरा । कोलकाता नाइट राइडर्सलाई ८ विकेटले सहजै पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएल २०२० अन्तर्गत सातौँ जित दर्ता गरेको छ। युएईको अबुधाबी स्थित शेख जायद स्टेडियममा सम्पन्न खेलमा कोलकाताले दिएको ८५ रनको लक्ष्य बैंगलोरले २ विकेट गुमाएर १३.३ ओभरमै पुरा गर्यो।

बैंगलोरको लागि ओपनर देभदत्त पडीक्कले सर्वाधिक २५, गुरकिरात सिंहले अविजित २१, बिराट कोहलीले अविजित १८ तथा आरोन फिन्चले १६ रन बनाए।

ओपनर आरोन फिन्च र देभदत्त पडीक्कलले पहिलो विकेटको लागि ४६ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए। सातौँ ओभरमा फिन्च र पडीक्कल आउट भएका थिए। लकी फर्गुसनले फिन्चलाई क्याच आउट गराउदा पडीक्कल भने कमिन्सबाट रन आउट भएका थिए। तेश्रो विकेटको लागि कप्तान कोहली र गुरकिरत सिंहले अविजित ३९ रनको साझेदारी गर्दा टिमलाई जितसम्म पुर्याए।

कोलकाताको बलिंगमा लकी फर्गुसनले १ विकेट ।

यस अघि टस जितेर ब्याटिंग गरेको कोलकाताले २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट गुमाएर ८४ रन मात्र बनाउन सकेको थियो । आईपीएल इतिहासमै कुनै पनि टिमले पुरा २० ओभर ब्याटिंग गर्दा बनाएको यो सबैभन्दा कम योगफल हो । यस अघि यो रेकर्ड पन्जाबको नाममा थियो जसले २००९ मा चेन्नाई बिरुद्ध २० ओभरमा ८ विकेट गुमाएर ९२ रन बनाएको थियो । ११ वर्षपछि पन्जाबको कीर्तिमान टुटेको हो । बैंगलोर बिरुद्ध कुनै पनि टिमले बनाएको यो तेश्रो कम योगफल हो । यस अघि राजस्थानले २००९ मा ५८ तथा डेक्कन चार्जर्सले २०१० मा ८२ रन बनाउन सकेको थियो ।

कोलकाताको लागि कप्तान ओएन मोर्गनले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ३० रन बनाए । लकी फर्गुसनले अविजित १६ बलमा १९ रन, कुलदिप यादबले १२ रन तथा टम बान्टनले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर शुब्मन गिल र राहुल त्रिपाठी समान १ रन बनाएर आउट भए भने नितिश रानाले खाता खोल्न सकेनन्। दिनेश कार्तिक र प्याट कमिन्सले समान ४ रन बनाए ।

४० रनमै ६ विकेट गुमीसकेको अवस्थामा मोर्गन र कमिन्सले सातौँ विकेटको लागि १७ रनको तथा त्यसपछि कुलदिप यादब र लकी फर्गुसनले आठौँ विकेटको लागि २७ रनको साझेदारी गरेका थिए ।

मोहम्मद सिराजले आफ्नो स्पेलको पहिलो २ ओभरनै मेडन राख्दै ३ विकेट लिएपछि कोलकाताको इनिंग उठ्न सकेन । दायाँ हाते पेसर सिराजले ४ ओभरमा मात्र ८ रन खर्चेर ३ विकेट लिए जुन क्रममा २ ओभर मेडन राखे । लिग इतिहासमै कुनै पनि बलरले एकै इनिंगमा २ मेडन गरेको यो पहिलो पटक हो ।

युजभेन्द्र चहलले २ विकेट ( ४-०-१५-२ ) लिए भने नभदिप सैनी ( ३-०-२३-१ ) र वासिंगटन सुन्दर ( ४-१-१४-१ ) ले समान १ विकेट लिए ।

कोलकाताको इनिंगमा बैंगलोर बलर मोहम्मद सिराजले २ वटा तथा वासिंगटन सुन्दर र क्रिस मोरिसले १/१ वटा मेडन ओभर गरे । आईपीएल इतिहासमै एकै इनिंगमा कुनै पनि टिमले गरेको यो सबैभन्दा धेरै मेडन ओभर हो। यस अघि कुनै पनि टिमले २ भन्दा बढी मेडन ओभर एकै इनिंगमा फालेको थिएन ।

जितपछि १४ अंक बटुल्दै बैंगलोर मुम्बईलाई पछि पार्दै अंकतालिकाको दोश्रो स्थानमा उक्लेको छ। नेट रन रेटमा दिल्ली अघि रहँदै पहिलो स्थानमा रहेको छ । १२ अंक सहित मुम्बई तेश्रो स्थानमा छ ।

१० खेलमा ५ हार र ५ जित बेहोरेको कोलकाता १० अंक सहित चौथो स्थानमा यथावत रहेको छ । ८ अंक सहित पन्जाब पाँचौ स्थानमा र समान अंक रहेको राजस्थान छैठौं स्थानमा छ । समान ६ अंक रहेको हैदरावाद र चेन्नाई सातौँ र आठौँ स्थानमा रहेको छ ।

बैंगलोरले आगामी खेल आइतबार चेन्नाईसंग तथा कोलकाताले शनिवार दिल्ली बिरुद्ध खेल्ने तालिका रहेको छ । लिग अन्तर्गत बिहिबार राजस्थान र हैदरावाद बीच दुबई अन्तर्राष्ट्रिय स्टेडियममा प्रतिस्पर्धा हुनेछ।

खेलका क्रममा बनेका ८ राेचक किर्तिमान

१. पुरा २० ओभर ब्याटिंग गर्दै इतिहासकै कम योगफल : कोलकाताले बनाएको ८४ रनको योगफल आईपीएल इतिहासमै कुनै पनि टिमले पुरा २० ओभर ब्याटिंग गर्दा बनाएको सबैभन्दा कम योगफल हो। यस अघि यो रेकर्ड पन्जाबको नाममा थियो जसले २००९ मा चेन्नाई बिरुद्ध २० ओभरमा ८ विकेट गुमाएर ९२ रन बनाएको थियो। ११ वर्षपछि पन्जाबको कीर्तिमान टुटेको हो। सन् २०११ मा मुम्बईले राजस्थानसंग ८४ रन तथा पन्जाबले २०१५ मा चेन्नाई बिरुद्ध ९५ रन मात्र बनाएको थियो।

२) कोलकाताको दोश्रो कम योगफल : ८४ रन, लिग इतिहासमै कोलकाताको दोश्रो कम योगफल हो। सबैभन्दा कम योगफल कोलकाताको ६७ रन हो जुन उसले मुम्बई बिरुद्ध २००८ मा बनाएको थियो। १०० भन्दा कम योगफलमा कोलकाता इतिहासमा मात्र ३ पटक समेटिएको छ।

३) बैंगलोर बिरुद्ध तेश्रो कम योगफल : बैंगलोर बिरुद्ध कुनै पनि टिमले बनाएको यो तेश्रो कम योगफल हो। यस अघि राजस्थानले २००९ मा ५८ तथा डेक्कन चार्जर्सले २०१० मा ८२ रन बनाउन सकेको थियो।

४) सिराजको मेडन ओभरको कीर्तिमान : खेलमा ४ ओभर बलिंग गर्दा २ मेडन ओभर फाल्दै दायाँ हाते पेसर मोहम्मद सिराजले ८ रन खर्चेर ३ विकेट लिएका थिए। सिराज एकै इनिंगमा २ ओभर मेडन ओभर गर्ने आईपीएल इतिहासकै पहिलो बलर बनेका छन्। यस अघि कसैले पनि एकै खेलमा १ ओभर भन्दा बढी ओभर मेडन गर्न सकेका थिएनन्।

५) एकै इनिंगमा धेरै मेडन ओभरको कीर्तिमान : कोलकाताको इनिंगमा बैंगलोर बलर मोहम्मद सिराजले २ वटा तथा वासिंगटन सुन्दर र क्रिस मोरिसले १/१ वटा मेडन ओभर गरे। आईपीएल इतिहासमै एकै इनिंगमा कुनै पनि टिमले गरेको यो सबैभन्दा धेरै मेडन ओभर हो। यस अघि कुनै पनि टिमले २ भन्दा बढी मेडन ओभर एकै इनिंगमा फालेको थिएन।

६) सबैभन्दा सुस्त ५० रन : कोलकाताले इनिंगमा ५० रन पुरा गर्न १५ ओभर लगाएको थियो जुन इतिहासकै सुस्त हो। यस अघि सबैभन्दा सुस्त ५० रन पुरा गर्ने टिम पन्जाब थियो जसले चेन्नाई बिरुद्ध १००९ मा १३.१ ओभरमा ५० रन पुरा गरेको थियो।

 

७) पावरप्लेमा कोलकाताको इतिहासकै कम रन : कोलकाताले खेलमा पावरप्लेको ६ ओभरमा मात्र १७ रन बनाएर ४ विकेट गुमाएको थियो। कोलकाताले लिग इतिहासमै पावरप्लेमा बनाएको यो सबैभन्दा कम रन हो। २००९ मा डेक्कन चार्जर्स बिरुद्ध दक्षिण अफ्रीकामा आईपीएल हुँदा कोलकाताले ६ ओभरमा २१ रन बनाएर ३ विकेट गुमाएको थियो। कोलकाताले २०१० मा चेन्नाई बिरुद्ध २२ रन तथा २०१४ मा पन्जाब बिरुद्ध २४ रन बनाएको थियो।

८) बिराट कोहलीको ५ सयौं चौका : आईपीएल इतिहासमा ५ सय चौका प्रहार गर्ने बैंगलोर कप्तान बिराट कोहली दोश्रो ब्याट्सम्यान बनेका छन्। यस अघि शिखर धवनले मात्र ५ सय चौका प्रहार गरेका थिए। कोहलीले कोलकाता बिरुद्ध अविजित १८ रन बनाउने क्रममा २ चौका प्रहार गर्दै चौका संख्या ५ सय पुर्याए। धवनले ५७५ चौका प्रहार गरेका छन्। तेश्रो धेरै सुरेश रैनाले ४९३ प्रहार गरेका छन् भने चौथो धेरै गौतम गम्भीरले ४९१, पाँचौ धेरै डेभिड वार्नरले ४८५ तथा छैठौं धेरै रोहित शर्माले ४५३ चौका प्रहार गरेका छन्। ४ सय भन्दा बढी चौका आईपीएलमा मात्र ८ जना ब्याट्सम्यानले प्रहार गरेका छन्।

प्रकाशित मिति २०७७ कात्तिक ६ गते बिहीबार ०९:२४
हजुरको प्रतिक्रिया