२०८३ साउन २१ गते बिहीबार

काेराेना संक्रमणका कारण पाेखरामा थप एककाे मृत्यु

काेराेना संक्रमणका कारण पाेखरामा थप एककाे मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक ६ गते बिहीबार ११:१५

पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण गण्डकी प्रदेशमा बिहीबार थप एक जनाकाे ज्यान गएकाे छ भने थप ३७ जनामा संक्रमण पुष्टि भएकाे छ । तनहुँ जिल्ला, ब्यास-१ का ६८ बर्षीय कोरोना संक्रमित महिलाको ५ गते बुधबार साँझ ६:३० बजे गण्डकी मेडिकल...

पाेखराका ११ सहित गण्डकी प्रदेशमा ३७ संक्रमित थपिए

पाेखरा । काेराेना भाइरसकाे संक्रमणका कारण गण्डकी प्रदेशमा बिहीबार थप एक जनाकाे ज्यान गएकाे छ भने थप ३७ जनामा संक्रमण पुष्टि भएकाे छ ।

तनहुँ जिल्ला, ब्यास-१ का ६८ बर्षीय कोरोना संक्रमित महिलाको ५ गते बुधबार साँझ ६:३० बजे गण्डकी मेडिकल कलेज, पोखरामा  निधन भएको स्वास्थ्य कार्यालय, कास्कीका प्रमुखले जानकारी दिनुभएको छ ।  यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

बिहीबार पाेखरा महानगरपालिकाका ११ जनासहित गण्डकी प्रदेशमा थप ३७ जना संक्रमित बनेका छन । संक्रमितहरूमा बर्दघाट सुस्तापूर्व नवलपरासीका १६ जना, तनहुँका ७ जना, गाेरखाका ३ जना रहेकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ ।

यससंगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या ६ हजार २ सय ११ पुगेकाे छ ।

प्रकाशित मिति २०७७ कात्तिक ६ गते बिहीबार ११:१५
हजुरको प्रतिक्रिया