२०८३ साउन २१ गते बिहीबार

बिहीबार पाेखराका ५१ जनामा काेराेना संक्रमण पुष्टि

बिहीबार पाेखराका ५१ जनामा काेराेना संक्रमण पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ कात्तिक ६ गते बिहीबार ०४:२८

पाेखरा । बिहीबार पाेखरामा काेराेना भाइरसका थप ५१ संक्रमित भेटिएका छन । गण्डकी प्रदेशमा थप ९३ जना संक्रमित थपिँदा पाेखराका मात्र ५१ जना संक्रमित भेटिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । बिहीबार संक्रमित हुनेहरूमा...

प्रदेशमा काेराेनाबाट संक्रमित हुनेकाे कुल संख्या ६२६७ पुग्याे

पाेखरा । बिहीबार पाेखरामा काेराेना भाइरसका थप ५१ संक्रमित भेटिएका छन । गण्डकी प्रदेशमा थप ९३ जना संक्रमित थपिँदा पाेखराका मात्र ५१ जना संक्रमित भेटिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

बिहीबार संक्रमित हुनेहरूमा पोखरा महानगरपालिका-१०, ७ र १३ का अन्नपुर्ण अस्पताल, पोखरामा कार्यरत २०, २१, २० बर्षका स्टाफनर्श हुन । एकजना ७० बर्षीय पुरुष मणिपाल अस्पताल, पोखरामा कार्यरत चिकित्सक हुन भने ५ जना महिला ग्रीन पास्चर अस्पताल, पोखरामा कार्यरत १ जना चिकित्सक, २ जना स्टाफनर्श र २ जना उपचाररत बिरामी रहेकाे निर्देशनालयले जनाएकाे छ ।

यता, समग्र प्रदेशमा बिहीबार थप ९३ जना संक्रमित भेटिएका छन । जस अन्तरगत पाेखराका ५१ जना, बर्दघाट सुस्तापूर्व नवलपरासीका १६ जना, तनहुँका १० जना, लमजुङका ६ म्याग्दीका ५ जना, बाग्लुङका २ जना तथा गाेरखाका ३ जना रहेकाे निर्देशनालयले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ ।

प्रदेशमा संक्रमित हुनेहरूमा म्याग्दीकाे  बेनी नगरपालिकाका २ जना महिला जिल्ला अस्पताल, बेनीमा कार्यरत स्टाफनर्स हुन भने मंगला गाउँपालिकाका ३ जना पुरुष सोहि पालिकामा कार्यरत कर्मचारी रहेका छन ।

यससंगै गण्डकी प्रदेशमा काेराेना भाइरसबाट संक्रमित हुनेकाे कुल संख्या ६ हजार २ सय ६७ पुगेकाे छ ।

 

 

 

 

प्रकाशित मिति २०७७ कात्तिक ६ गते बिहीबार ०४:२८
हजुरको प्रतिक्रिया