२०८३ असोज २३ गते शुक्रबार

पोखरा विमानस्थलमा उडिरहेकै बेला जहाजसँग चरा ठोक्कियो

पोखरा विमानस्थलमा उडिरहेकै बेला जहाजसँग चरा ठोक्कियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन ९ गते मंगलबार ०५:३०

फेसबुकमा ‘इस्यू ब्रो’ नामक प्रयोगकर्ताले चहाजमा चरा ठोकिएको भिडियो कैद गरेर सामाजिक सञ्जालमा पोस्ट गरेका हुन् । सुरुदेखिदेखि विमानस्थल नजिकै रहेको चराको स्थायी बासस्थानका कारण उडान सुरक्षामाथि प्रश्न उठ्दै आएको थियो ।

पोखरा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै उडिरहेको बेला जहाज चरासँग ठोक्किन पुगेको भिडियो सार्वजनिक भएपछि हवाइ सुरक्षामाथि फेरि एक पटक प्रश्न उठेको छ । बुद्ध एयरको जहाज विमानस्थलमा अवतरण गर्ने क्रममा चरासँग ठोक्किएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

फेसबुकमा ‘इस्यू ब्रो’ नामक प्रयोगकर्ताले चहाजमा चरा ठोकिएको भिडियो कैद गरेर सामाजिक सञ्जालमा पोस्ट गरेका हुन् । सुरुदेखिदेखि विमानस्थल नजिकै रहेको चराको स्थायी बासस्थानका कारण उडान सुरक्षामाथि प्रश्न उठ्दै आएको थियो ।

भिडियोमा जहाजमा ठोकिएको २ वटा गिद्ध भुइँमा खसेको दृश्य देखिएको छ भने जहाज भने सुरक्षित अवतरण गरेको छ ।

जहाज उडानमा मुख्य चराको चुनौति निरन्तर रहने विज्ञहरुले सचेत गराउँदै आएका थिए । पोखरा बर्ड सोसाइटीका सचिव हेमन्त ढकालले यसअघि पनि बुद्ध एयरकै जहाजमा चरा ठोकिएको र चुनौति यथावत रहेको बताउँछन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख बिक्रम गौतमले भने यो घटनाबारे विमानस्थलमा कुनै औपचारिक रिर्पोटिङ नआएको बताएका छन् । आफूले पनि भिडियो हेरेको तर औपचारिक रुपमा विमानस्थल व्यवस्थानलाई कसैले जानकारी नगराएको उनको भनाइ थियो ।

उनले पोखरा विमानस्थल नजिकै चराको गतिविधि देखिनु सामान्य भएको समेत प्रतिक्रिया दिएका छन् । उनले चरा धमाउनका निम्ति सबै उपाय अपनाइएको बताउँदै आएका छन् ।

जहाजमा चरा ठोक्किएको घटना सोमबारको भएको बुद्ध एयरले पुष्टि गरेको छ । यद्यपि जहाजमा चराको प्वाँख, रगत नलागेको र जहाजमा समेत कुनै क्षति नभएका कारण विमानस्थलमा रिर्पोटिङ गर्नु नपरेको बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णले जानकारी दिएका छन् ।

विमानस्थल नजिकै यस्तो गतिविधिले उडान सुरक्षामा गम्भीर असर पुग्ने उनको भनाइ छ । पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाले हवाइ उडानलाई प्रभावित पारिरहेका बेला दोहोरिएका यस्ता घटनाले चुनौति झनै थप्ने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति २०७९ फागुन ९ गते मंगलबार ०५:३०

हजुरको प्रतिक्रिया