२०८३ साउन २१ गते बिहीबार

पोखरा-३३ मा विष्फोटक पदार्थ पड्किँदा २ बालक घाइते

पोखरा-३३ मा विष्फोटक पदार्थ पड्किँदा २ बालक घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन १० गते बुधबार ०१:२०

सेनाको तालिम संचालन हुने ठाउँ भएका कारण तालिम अध्यासका दौरानमा जंगलमा पुग्यो अरु कुनै कारणले हो भन्नेबारे यथार्थ पत्ता लगाउनुपर्ने पौडेलले बताए ।

घटनाबारे गम्भीर रुपमा अनुसन्धान गर्न माग

पोखरा

पोखरामा विष्फोटक पदार्थ पड्किँदा २ बालक घाइते भएका छन् । घाइते हुनेमा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ छन् ।

घाइते बालकको अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए । पोखरा ३३ ठूल्ढुंगामा मंगलबार दिउँसो घर नजिकैको झाडीबाट टिपेर ल्याएको वस्तु खेलाउने क्रममा विस्फोट भएको खड्काले बताए ।

‘घाइतेहरुको अवस्था सामान्य नै छ । त्यसमध्ये एउटाको राति नै अपरेसन भएको छ, अर्को एकजनाको आज हुन्छ,’ उनले भने । विस्फोटक पदार्थ कहाँ र कस्तो अवस्थामा थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रवक्ता खड्काले भने, ‘ठ्याक्कै कहाँ कस्तो अवस्थामा विस्फोटक पदार्थ थियो भन्ने खुलेको छैन । तर, उनीहरुले नजिकैको झाडीबाट ल्याएको बताएका छन्,’ उनले भने ।

बाल अधिकारकर्मी केशव पौडेलले विस्फोटक पदार्थ कसरी आयो आयो भन्ने बारे गम्भीर रुपमा अनुसन्धान हुनुपर्ने बताएका छन ।

सेनाको तालिम संचालन हुने ठाउँ भएका कारण तालिम अध्यासका दौरानमा जंगलमा पुग्यो अरु कुनै कारणले हो भन्नेबारे यथार्थ पत्ता लगाउनुपर्ने पौडेलले बताए ।

साथै उनले यस्ता जोखिमका क्षेत्रमा बालबालिकालाई पुग्न नदिन आवश्यक व्यवस्था गर्न र बालबालिकाहरुलाई सजग सचेत गराउन पनि अनुरोध गरेका छन् ।

प्रकाशित मिति २०७९ फागुन १० गते बुधबार ०१:२०
हजुरको प्रतिक्रिया