एकातिर काेराेनाकाे कहर छ अर्काे तिर चाडबाडकाे राैनक । पाेखरेलीहरू काेराेना कहरसंग जुधेर चाडबाडकाे जाेहाेमा जुटेका छन । मानिसहरूलाइ दशैं लागेकाे प्रस्टै देखिन्छ । महेन्द्रपुल, चिप्लेढुङ्गा, पृथ्वीचाेक, बगर, न्युराेड, नयाँबजार जस्ता अन्य व्यापारीक क्षेत्रहरूमा मानिसहरूकाे बाक्लाे भिडभाड छ ।

पाेखरा महेन्द्रपुलस्थित फुटपाथमै मानिसहरूकाे किनमेल
पाेखरामा काेराेना भाइरसका कारण संक्रमित बन्नेहरूकाे संख्यापनि दैनिक डरलाग्दाे छ । भेटिएका संक्रमित प्राय कन्ट्याक ट्रेसिङबाट थपिएका छन । यसकाे अर्थ काेराेना भाइरस नमज्जाले समूदायमा फैलिसकेकाे छ ।

पाेखराकाे सब्जीमन्डीमा एकाबिहानै तरकारी किनबेचका लागि उपस्थित मानिसहरू
काेराेना संक्रमणबाट जाेगिन र सचेत रहन नागरिक स्वयं जिम्मेवार बन्नुपर्ने अवस्था छ । राज्य दैनीक संक्रमित र मृतककाे संख्याकाे विवरण उपलव्ध गर्ने बाहेककाे अरू दायित्वबाेधबाट विस्तारै पन्छिँदै गइरहेकाे छ । तैपनि चाडबाडकाे मेसाेले हुनसक्छ, काेराेना कहरकै विच विन्दास डुलिरहेकाे छ पाेखरा ।

पाेखराकाे चिप्लेढुङ्गामा फुटपाथमा सामान किन्दै मानिसहरू

पाेखराकाे चिप्लेढुङ्गास्थित फुटपाथमा मानिसहरूकाे भिडभाड
प्रकाशित मिति २०७७ कात्तिक ६ गते बिहीबार ०५:१९




