२०८३ साउन २१ गते बिहीबार

कास्कीका १३ जना फरार प्रतिवादी प्रहरी फन्दामा

कास्कीका १३ जना  फरार प्रतिवादी प्रहरी फन्दामा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन १० गते बुधबार ०८:२१

सबैभन्दा धेरै जुवातास मुद्वामा फरार ४ जना पक्राउ परेका छन् ।

पोखरा

विभिन्न मुद्वामा दोषि ठहर भएर कैद र जरिवान भुक्तान गर्नुपर्ने तर प्रहरीसँग भागिरहेका दर्जन बढीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बुुधबार एकैदिन १३ जनालाई पक्राउ गरेको हो ।

५ कैद भुक्तान गर्नुपर्नेदेखि ८ लाख रुपैयाँ जरिवाना असुल गर्नुुपर्ने फरार प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव निरीक्षक ज्ञानबहादुर खड्काले बताए ।

उनका अनुसार सबैभन्दा धेरै जुवातास मुद्वामा फरार ४ जना पक्राउ परेका छन् । लागुऔषध मुद्वाका ३, चेक अनादार र सार्वजनिक स्थानमा अभद्र व्यवहार मुद्वाका २÷२ जना र बैंकिङ कसुर मुद्वा र कुटपिट मुद्वाका १÷१ जना पक्राउ परेका छन् ।

पक्राउ गरेका फरार प्रतिवादीलाई कैद र जरिवान भुक्तानका लागि जिल्ला अदालतमा पेश गरेको खड्काले बताए ।

 

प्रकाशित मिति २०७९ फागुन १० गते बुधबार ०८:२१
हजुरको प्रतिक्रिया