२०८३ असोज २३ गते शुक्रबार

गण्डकी प्रदेश

पृथ्वीराजमार्गको विमलनगर–घाँसीकुवा सडक १८ गतेदेखि दैनिक ४ घन्टा बन्द

पृथ्वीराजमार्गको विमलनगर–घाँसीकुवा सडक १८ गतेदेखि दैनिक ४ घन्टा बन्द

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन १३ गते शनिबार ०८:२१

फागुन १८ गतेदेखि २७ गतेसम्म उक्त खण्ड बन्द गर्ने निर्णय

पोखरा

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा दैनिक चार घण्टा बन्द हुने भएको छ ।

मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत उक्त खण्डमा काम गर्नका लागि दैनिक चार घण्टा राजमार्ग बन्द गर्न लागिएको हो ।

फागुन १८ गतेदेखि २७ गतेसम्म उक्त खण्ड बन्द गर्ने निर्णय भएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का प्रमुख इन्जिनियर नरेन्द्र सुवेदीले जानकारी दिए ।

उनका अनुसार राति १२ बजेदेखि बिहान ४ बजेसम्म बाटो बन्द गरिनेछ ।

मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा दुई वटा खण्ड विभाजन गरी काम भइरहेको छ ।

आँबुखैरेनीदेखि जामुनेसम्म एउटा खण्ड र जामुनेदेखि पोखरासम्म अर्को खण्ड विभाजन गरी राजमार्ग विस्तारको काम भइरहेको छ ।

प्रकाशित मिति २०७९ फागुन १३ गते शनिबार ०८:२१
हजुरको प्रतिक्रिया