२०८३ असोज २४ गते शनिबार

गण्डकीका स्वास्थ्यमन्त्री पञ्चरामले भोलि राजीनामा बुझाउने

गण्डकीका स्वास्थ्यमन्त्री पञ्चरामले भोलि राजीनामा बुझाउने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन १३ गते शनिबार ०३:०२

पोखरा । गण्डकी प्रदेश सरकारमा सहभागी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरूङले आइतबार राजीनामा दिने भएका छन् । राप्रपाको आज बसेको कार्यसम्पादन समिति र संसदीय समितिको संयुक्त बैठकले केन्द्रदेखि प्रदेशसम्मका सरकारहरुलाई...

पोखरा । गण्डकी प्रदेश सरकारमा सहभागी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरूङले आइतबार राजीनामा दिने भएका छन् ।

राप्रपाको आज बसेको कार्यसम्पादन समिति र संसदीय समितिको संयुक्त बैठकले केन्द्रदेखि प्रदेशसम्मका सरकारहरुलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । त्यही निर्णयअनुसार मन्त्री गुरूङले आजै मुख्यमन्त्री खगराज अधिकारीसमक्ष राजीनामा बुझाउने तयारी गरेका हुन् । ‘म काठमाडौंबाट पोखरा फर्कंदै छु । मुख्यमन्त्रीज्यूलाई भोलि राजीनामा बुझाउँछु,’ उनले पब्लिक फोरकेसँग भने ।

उनी गत २५ पुसमा अधिकारी नेतृत्वको सरकारमा मन्त्री बनेका थिए ।

 

प्रकाशित मिति २०७९ फागुन १३ गते शनिबार ०३:०२
हजुरको प्रतिक्रिया