२०८३ असोज २३ गते शुक्रबार

पोखरामा सेगवेको सोरुम, सुलभ मूल्यमा इलेक्ट्रिक स्कुटर उपलब्ध

पोखरामा सेगवेको सोरुम, सुलभ मूल्यमा इलेक्ट्रिक स्कुटर उपलब्ध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन १४ गते आइतबार ०९:२२

२ लाख ६० हजार, २ लाख ९१ हजार, ३ लाख ६० हजार र ३ लाख ९१ हजार रुपैयाँको स्कुटर अहिले सेगवेमा उपलब्ध रहेको

पोखरा

पोखराको पुरानो विमानस्थल नजिकै सेगवेको सोरुम संचालनमा आएको छ । नयाँ सोरुको आइहब प्रालिका निर्देशक लोकेश वली र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले उद्घाटन गरे । सोरुमलाई पोखराका व्यवसायी प्रदीप पहारीले संचालनमा ल्याएका हुन् ।

नयाँ सोरुमले यस क्षेत्रका ग्राहकहरुलाई सेगवेको नयाँ उत्पादनहरु अनुभव गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ । पोखराको वातावरणलाई सुहाउँदो इलेक्ट्रिक स्कुटरहरु सेगवेमा उपलब्ध हुने आइहब प्रालिका निर्देशक लोकेश वलीले जानकारी गराए ।

२ लाख ६० हजार, २ लाख ९१ हजार, ३ लाख ६० हजार र ३ लाख ९१ हजार रुपैयाँको स्कुटर अहिले सेगवेमा उपलब्ध रहेको जानकारी उनले गराए । वलीले इलेक्ट्रिक स्कुटरमा किनिसकेपछि खासै खर्च नहुने बताए । उनका अनुसार इलेक्ट्रिक स्कुटर एकपटक चार्ज गरिसकेपछि ७५ किमी सम्म माइलेज दिन्छ । पोखराका ग्राहकहरुलाई सेगवेको उत्पादन मन पर्नेमा उनी विश्वस्त देखिन्छन् ।

 

 

प्रकाशित मिति २०७९ फागुन १४ गते आइतबार ०९:२२
हजुरको प्रतिक्रिया